कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो - News Birat

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

न्यूज विराट
काठमाडौं, १८ कात्तिक-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएसँग मृतकको संख्या १००४ पुगेको हो ।

नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुग्यो । पछिल्लो २४ घण्टाको अवधिमा थप ३१४२ जना कोरोना संक्रमण निको भए

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles