विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको नमुना विद्या मन्दिर स्कुलले सातौं वार्षिकउत्सव तथा दीक्षान्त कार्यक्रम आयोजना गरेको छ । स्कुलले विराटनगरको आरोहण गुरूकुलमा शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सवसँगै युकेजीबाट कक्षा १ मा प्रवेश गरेका ४८ जना विद्यार्थीहरुलाई पनि दिक्षित गरिएको स्कुलका प्रिन्सिपल शिव प्रसाद अधिकारीले जानकारी दिए । दिक्षित भएका विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसर पारेर स्कुलले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीहरुले नृत्य, गायनलगायतका विभिन्न प्रतिभाहरु प्रस्तुत गरि सहभागि भएका प्रमुख अतिथि, अतिथि, अभिभावक र शिक्षकहरुलाई दिनभरी रमाइलो प्रदान गरे । कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कोइरालाले गुणस्तरीय शिक्षा प्रदान गरेर दक्ष जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल शिव प्रसाद अधिकारीले स्थापाना कालदेखिनै विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यालय अगाडी बढेको बताए । विद्यार्थीहरुलाई नैतिक शिक्षासँगै व्यवहारिक शिक्षा दिदै आएको उनले बताए । कार्यक्रममा प्याब्सन विराटनगरका उपाध्यक्ष अकोश लामा, हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खड्का, विभिन्न विद्यालयहरुका प्रिन्सिपल, शिक्षकहरु र अभिभावकहरुको उपस्थिती रहेको थियो ।
विराटनगर, ५ माघ । सुनसरीको रामधुनी नगरपालिका–६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका–४ स्थित सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार...
विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको...
एजेन्सी, २२ कात्तिक । यस वर्षको जाडो याममा चीनका कतिपय क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आउने भएको छ । जाडो अध्यधिक हुँदा बिजुलीको खपत बढ्ने तर आपूर्ति कायम राख्न समस्या पर्न सक्ने चीनले बताएको हो ।...
विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको हरेक निकाय र राजनीतिक क्षेत्रमा समान सहभागिता गराउनुपर्ने माग राखेका छन् । नेत्रहिन यूवा संघ मोरङले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।उनीहरुले राजनीतिक दलमा अपाङ्गता...
काठमाडौं, १५ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको विषयम परिस्थितिमा सन्तुलित र जनतालाई राहत दिने ढंगले बजेट आएको बताएका छन् । संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रस्तुतपछि पत्रकारसँग कुरा गर्दै...
विराटनगर, साउन २९–विराटनगर महानगरपालिकामा भदौ ५ गतेसम्म लकडाउन थप भएको छ । समुदायस्तरमा तिब्र संक्रमण फैलँदै जान थालेपछि महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले साउन १६ गतेदेखि ३० गतेसम्मको लागि लगाएको लकडाउन भदौ...
काठमाडौं, पुस २४–विभागीय टिम त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गर्दै आर्मी...
काठमाडौं, २२ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ...