विराटनगर । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ। स्कुलले आज स्कूल प्राङ्गमा विभिन्न कार्यक्रमको आयोजना गरी ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।
वार्षिक उत्सवमा विद्यार्थीहरुले नाटक, गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए ।
कार्यक्रम दुई चरणमा हुने छ । पहिलो चरणमा नर्सरीदेखि कक्षा ४ सम्म आज र दोस्रो चरणमा कक्षा ५ देखि कक्षा १० सम्मका शनिबार हुने स्कूलले जनाएको छ ।
कार्यक्रममा पहिलो चरणका प्रमुख पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलिया, स्कुलका संस्थापक अध्यक्ष खगेन्द्र पाण्डे र स्कुलका प्रिन्सिपल मणिराज भट्टराईलगायतले बोलेका थिए । प्रिन्सिपल भट्टराईले व्यवहारिक शिक्षासँगै विद्यार्थीहरुलाई नैतिक शिक्षा दिएर विद्यालयहरु अगाडी बढाउँने बताए । उनले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएको कारणले बुढानिलकण्ठ स्कुलले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरेर अगाडी बढ्ने बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरेको कारण सबैको रोजाइमा स्कुल पर्दै गएको उनले बताए ।
कार्यक्रम स्कूलका सञ्चालक समितका अध्यक्ष बुद्धिबहादुर प्रधानको सभापतित्वमा कार्यक्रम भएको थियो । स्कूलका नर्सरीदेखि कक्षा १० सम्म करिव १ हजार ३ सय भन्दा विद्यार्थीहरु रहेको स्कूलले जनाएको छ । सोही अवसरमा स्कुलले स्कलका संस्थापक फाउण्डर अध्यक्ष खगेन्द्र पाण्डे र संस्थापक ज्ञचनु पाण्डेलाई प्रमुख अतिथि प्राडा थपलियाले सम्मानपत्रका साथ दोसला ओढाएर सम्मान गरे । २०४० सालमा स्थापित यस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा बनाउन सफल भएको छ ।
हेटौंडा, १६ जेठ-मकवानपुरमा ४३ वटा बालविवाह रोकिएका छन् । पछिल्लो समय जिल्लामा बालविवाहको घटना वृद्धि हुँदै गइरहेको अवस्थामा विगत ४ महिनाको अवधिमा ४३ वटा बालविवाह रोकिएको हो । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिबिन बाल...
विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...
संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध सभामुख अग्नि सापकाेटाले दिएकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका...
काठमाडौं, २५ साउन । आज एकै दिन धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले १४ अर्ब रुपैयाँबराबरको शेयर किनबेच गरेका छन् । सोमबार नेप्से झिनो अंकले बढे पनि शेयर किनबेच भने १४ अर्ब १३ करोड ७३ लाख ३८...
काठमाडौं, ११ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपालीका बारेमा चिन्ता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीका बारेमा चासो राख्दै आफ्ना कतारी समकक्षी शेख खालिद बिन खलिफा बिन अब्देल अजीज अल...
काठमाडाैं, ८ भदौ-काठमाडाैंकाे टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १ सय ५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१औँ नगर कार्यपालिकाको बैठकले कोभिड–१९ नियन्त्रणमा अग्रभागमा प्रतक्ष्य खटिने मेडिकल...
विराटनगर, १८ मंसिर । ओशो धर्म प्रदिप ध्यान आश्रम विराटनगरको साधारणसभा शनिबार सम्पन्न भएको छ । विराटनगर–२ स्थित आश्रमको सातौ साधारणसभा विराटनगरमा सम्पन्न भएको हो । साधारणसभाले पुनः अध्यक्षमा रामनारायण राजवंशीलाई चयन गरेको छ ।...
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी...