एनसीडिए कोशीको आइतबार निर्वाचन : काफ्ले र बराल समूहको प्रतिस्पर्धा

 न्यूज विराट
एनसीडिए कोशीको आइतबार निर्वाचन : काफ्ले र बराल समूहको प्रतिस्पर्धा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको आइतबार निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनको लागि हुने निर्वाचनामा धनबहादुर काफ्ले र नगेन्द्र प्रसाद बरालको समूह चुनावी प्रतिस्पर्धामा रहेका छन् । उनीहरुले दुई समूह बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । संघको दोस्रो अधिवेशनको औपचारिक उद्घाटन शनिबार विराटनगरमा भएको छ ।
विराटनगरको एपोलो फार्मेशीको संचालक तथा यसअघि काफ्ले संघको खुद्रा उपाध्यक्ष रहेका थिए भने बराल विर्तामोडको ओसन मेडिकियर प्रालिका संचालक तथा यसअघि संघका वरिष्ठ उपाध्यक्ष रहेका थिए ।
काफ्लेको समूहबाट वरिष्ठ उपाध्यक्षमा लक्ष्मी प्रसाद तिम्सिना र बरालको समूहबाट सूर्य प्रसाद कोइरालाले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका तिम्सिना यसअिघ औषधी व्यवसायी संघ मोरङका निर्वतमान अध्यक्ष समेत हुन् । त्यसैगरी थोक उपाध्यक्षमा काफ्ले समूहबाट सुदिनध्वज श्रेष्ठले र बरामलको समूहबाट खेमराज बस्नेतले उम्मेदवारी दिएका छन् । महासचिबवमा लक्ष्मण माझी चौधरी र रविन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् । काफ्ले समूहबाट महासचिबमा उम्मेदवारी दिएका चौधरी एनसीडिए तत्कालिन कोशीका पुर्व अध्यक्ष हुन् । त्यस्तै उपकोषाध्यक्षमा सेवक दाहाल र पुष्पराज पोखरेलको उम्मेदवारी परेको छ ।
काफ्ले समूहमा अनुभवी व्यवसायीहरु उठेका छन् । काफले समूहबाट उम्मेदवारी दिएका व्यवसायीहरु अनुभवी र व्यवसायीहरुको हकहितमा काम गर्ने इच्छाशक्ति भएकोले उनीहरुको पक्षमा माहोल राम्रो देखिएको औषधी व्यवसायीहरु बताउँछन् ।
अध्यक्षका उम्मेदवार काफ्लेले संघकोे बिधान लिपिबद्द भएका सम्पुर्ण विषयहरु अक्षरस पालना गर्ने, तीन तहका (उत्पादक, आयातकर्ता, थोक बिक्रेता र खुद्रा ब्याबसायी) बिच भाइचाराको सम्बन्ध कायम गर्ने, क्षतीपुर्ती नियमावलीमा लेखीएका सम्पुर्ण बुंदाहरु अक्षरस पालना गर्न र गराउन सरोकार वाला निकाय संघ कुनै गलत सम्झौता नगर्ने उल्लेख गरेका छन् ।
‘सम्पुर्ण प्रतिनिधहरुमा यस पटक हाम्रो लाई हैन सहि मुल्यांकन गरेर राम्रो उम्मेद्वार लाई मतदान गर्नु हुन बिनम्र अनुरोध गर्दछु,’ अध्यक्षका उम्मेदवार काफ्लेले अपिल गरेका छन् । आफुले चुनाव जितेर व्यवसायीहरुको हकहितमा सधैभरी लागि पर्ने बताए । ‘मैले सम्पूर्ण औषधी व्यवसायीहरुको दुःख बुझेको छु । आफुले चुनाव जितेको खण्डमा औषधी व्यवसायीहरुको हकहितमा सधैभरी लागि पर्नेछु,’ उनले भने ।
एनसीडि कोशीमा १३१ जना मतदाता रहेका छन् । जसमध्ये सबैभन्दा बढी मोरङमा रहेका छन् । मोरङमा मात्रै २२ जना मतदाता रहेको बुझिएको छ ।

उपाध्यक्षसहित १२ जना निर्विरोध निर्वाचित
एनसीडिए कोशी प्रदेशको खुद्राका उपाध्यक्ष दिलिप सुवेदीसहित १२ जना निर्वाचित निर्वाचित भएका छन् । खुद्रा उपाध्यक्षमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुन भएका हुन् । त्यसैगरी कोषाध्यक्षमा प्रभात कुमार श्रेष्ठ, सचिवमा झरना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै थोक सदस्यमा शरद गौतम, खेमलाल काफ्ले, खुद्रा सदस्यमा याम कुमार खड्का, बेद बहादुर थापा, खुल्ला सदस्यहरुमा सुवास पौडेल, महेन्द्र थापा, सुरेन्द्र प्रधान, प्रकाश धिमाल र तिलमाया काफ्ले भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल

काठमाडौं, ७ साउन । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार परिसंघको १८औं वार्षिक साधारणभामार्फत उनी अध्यक्ष बनेका हुन् । अग्रवालले परिसंघमा परिष्ठ उपाध्यक्ष हुँदा इन्टरप्रेनर...

६ कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द (सूचनासहित)

विराटनगर, २ माघ । एकैपटक ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मालपोत कार्यालय विराटनगरको सेवा बन्द भएको छ । विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको र अन्य कर्मचारीहरुमा...

धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै

धनकुटा, फागुन १६–धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै गएको अख्तियारको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा दर्ता भएका धनकुटाका ५० मध्ये २५ वटा उजुरी स्थानीयतहका छन् । यी बाहेक शिक्षा,...

नेकपा स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे...

माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन...

महिला क्रिकेट प्रतियोगिता विराटनगरमा हुँदै, आधा दर्जन टिमको सहभागि

विराटनगर । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन र क्रिकेट बिथआउट बाउन्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको हो । विराटनगर...

प्रविधिमा रुपान्तरण आवस्यक : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३० असोज–प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रविधिमा रुपान्तरण आवस्यक रहेकोमा जोड दिएका छन् । विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान अन्र्तगत शिक्षकको सूचना प्रविधि सम्ंवन्धि क्षमता विकासका लागि दोश्रो चरणको अनलाईन तालिमको...

अपाङ्गता भएका व्यक्तिहरूको बहुप्रतिभा कार्यक्रम

विराटनगर । विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले बहुप्रतिभा कार्यक्रम आयोजना गरिएको छ । सामथ्र्य समाज विराटनगरको आयोजनामा विराटनगरमा बुधबार बुहप्रतिभा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अपाङगता भएका व्यक्तिहरूले गायन, नृत्य, कविता,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्