कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप, आन्दोलित चिकित्सक

 न्यूज विराट
कोशीको स्वास्थ्य मन्त्रालयले हृदय रोग केन्द्रका चिकित्सकको गरिदिएन करार म्याद थप, आन्दोलित चिकित्सक

विराटनगर । कोशी प्रदेश सरकारको बेवास्ता कारण नाजुक बनेको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नभएको एक महिना भएको छ ।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले काम गर्ने चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप नगरिदिएको एक महिना बितेको छ । केन्द्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले पटक—पटक लिखित रुपमा निवेदन दिँदा पनि करार म्याद थप भएन् । जसका कारण बुधबारदेखि त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले केन्द्रको ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । कोशीको स्वास्थ्य मन्त्रालयले ६–६ महिनामा करारका चिकित्सक र स्वास्थ्यकर्मीहरुको करार म्याद थप गर्दै आएको थियो ।

यस पटक पुस मसान्तसम्मको मात्रै करार म्याद थपको अवधि रहेको थियो । करार म्याद थपको अवधि सकिएपछि पुनः थपका लागि पत्रचार गर्दा पनि स्वास्थ्य मन्त्रालयले कुनै सुनवाई नगरेको शैलजा आचार्य हृदय रोग उपचार केन्द्रका प्रमुख डा। सर्वेशकुमार झाले बताए । डा। सर्वेश ‘हामीले करार म्याद थपका लागि पटक—पटक स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यलयमा पनि भनेका छौं । अहिलेसम्म पनि म्याद थप भएर पत्र आएन । बाध्य भएर अहिले हामी आन्दोलनमा उत्रिनु परेको छ,’ उनले भने, ‘बुधबार शान्तिपूर्ण रुपमा विरोध गरेका छौं । आज बिहीबारदेखि पूर्ण रुपमा ओपीडी बन्द गर्ने निर्णयमा हामी पुगेका छौं ।’ मन्त्रालयले करार म्याद थप गरेर पत्र दिएपछि मात्रै सेवामा फर्किने डा. झाले बताए ।

सेवा बन्द गर्ने बारेमा यसअघि नै स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा पनि जानकारी गराएको उनले बताए । ‘शैलजा आचार्य हृदय रोग केन्द्र, विराटनगरमा कार्यरत करारका कर्मचारीहरुको म्याद २०८१ पौष मसान्तसम्म मात्र रहेकोले सो को जानकारी नियमानुसार सबै प्रक्रिया पूरा गरेर यस अस्पतालबाट समयमा नै पठाइसकेको र सो को जानकारी पटक—पटक गराउँदा पनि हालसम्म तहाँ मन्त्रालय बाट म्याद थपको पत्र न आएकोले अब उप्रान्त म्याद थप बिनाको करार कर्मचारीहरुसँग कामकाज गर्न असमर्थ भएकोले मिति २०८१र१०र२३ गतेदेखि यस अस्पताल सञ्चालनमा बाधा पुग्ने हुँदा सो को जानकारीको लागि अनुरोध छ,’ स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई चिकित्सकले पठाएको पत्रमा उल्लेख छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण दैनिक ओपीडीमा आउने २५ देखि ५० जनासम्म बिरामी अहिले समस्यामा परेका छन् । उनीहरु अस्पताल पुगेर उपचार नपाएरै घर फर्किन बाध्य भएका छन् । मोरङ रतुवामाई नगरपालिका ५ का ७७ वर्षीय रत्नबहादुर श्रेष्ठ पाँच वर्षदेखि मुटुका बिरामी छन् । उनी मुटु रोग विशेषज्ञ डा। झासँग स्वास्थ्य परामर्श लिएर औषधि सेवन गर्दै आएका छन् । बुधबार फलोअपको लागि हृदय रोग उपचार केन्द्र आएका थिए । तर, चिकित्सकहरुको आन्दोलनको कारणले उनले चिकित्सकलाई देखाएर औषधि खान पाएनन् । ‘तीन घण्टा लगाएर हस्पिटल आए । चिकित्सकको आन्दोलन रहेछ । आन्दोलनको कारणले चिकित्सकलाई भेटन नपाइ घर फर्किनु प¥यो,’ अस्पताल परिसरमा भेटिएका श्रेष्ठले भने, ‘अब आन्दोलन सकिएपछि फर्केर चिकित्सकलाई देखाएर फेरि औषधि सेवन गर्नेछु ।’ कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिव डा। राधिका थपलियाले चिकित्सक र स्वास्थ्यकर्मीहरुको करारको म्याद थप भइसकेको बताइन् । ‘करार म्याद थप गर्ने निर्णय भइसकेको छ । पत्र नपुगेको हुन सक्छ,’ डा। थपलियाले भनिन्, ‘डा। सर्वेशको बुधबार करार म्याद थप गर्ने निर्णाय भएको छ । पत्र नगएको हुन सक्छ । हामी यस विषयमा बुझनेछौं ।’ तर, डा। सर्वेशले भने बिहीबार दिउँसो १ बजेसम्म मन्त्रालयबाट कुनै पनि पत्र नआएको बताए । ‘मलाई मन्त्रालयबाट कुनै पनि जानकारी अहिलेसम्म आएको छैन ।
करारमा म्याद थप गरेको विषयमा जानकारी पनि छैन । मैले करार सकिएको र पुनः करार म्याद थपको लागि जानकारी दिएको तीन दिन भइसक्यो,’ उनले थपे, ‘उहाँहरुको वेवास्ताका कारण म्याद थप नभएपछि हामीले सेवा दिन सकेका छैनौं । यसको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार र मन्त्रालयले लिनुपर्छ । उहाँहरुको कारणले यस्तो समस्या भएको हो ।’ हृदय रोग उपचार केन्द्रमा एक जना मुटु रोग विशेषज्ञ, तीन जना नर्स र नौ जना कर्मचारी कार्यरत छन् ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय समिति बैठक २४ कात्तिकमा

काठमाडौं, २० कात्तिक-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही २४ कात्तिकमा दिउँसो १ बजे बस्ने भएको छ । यसअघि २१ कात्तिकका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय...

प्रदेश १ को उपसभामुखमा एमालेकी सिर्जना दनुवार निर्वाचित

विराटनगर । प्रदेश १ उपसभामुखमा सत्तारूढ एमालेकी सिर्जना दनुवार निर्वाचित भएकी छिन् । प्रदेशसभामा शनिबार भएको निर्वाचनमा ५७ मत ल्याएर दनुवार उपसभामुखमा निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी उम्मेदवार लिलाकुमारी राईले ३३ मत पाइन् ।...

बूढानिलकण्ठ स्कुलमा बुद्ध जयन्ती मनाईयो

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रम आयोजना गरी २५८५ औँ बुद्ध जयन्ती मनाएको छ । स्कुल परिसरमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरी बुद्ध जयत्ती मनाएको हो...

देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्सहित वर्षा हुन सक्छ:माैसमविद्

काठमाडौं, २० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजकाे माैसममा सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसबाहेक मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने सम्भावना...

राष्ट्रसेवक सहकारीको अध्यक्षमा पुन : जीवन काफ्ले

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षतामा पुन : जीवन काफ्ले निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको सहकारीको २६ औँ बार्षिक साधारणसभाले काफ्ले निर्विरोध रुपमा दोस्रो कार्यकालको लागि अध्यक्षमा...

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

भादगाउँ, २७ असोज-बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा...

प्रहरीलाई १६ थान डिजिटल सेट फोन वितरण

विराटनगर । विराट व्यापार सङ्घले जिल्ला प्रहरी कार्यालय मोरङलाई १६ थान डिजिटल सेट फोन वितरण गरेको छ ।बुधवार एक कार्यक्रम आयोजना गरी १६ थान डिजिटल सेट फोन मोरङ प्रहरीलाई वितरण गरेको हो । विराट व्यापार...

२ असईसहित ३ प्रहरी निलम्बित

काठमाडौं, १२ असार-प्रदेश २ प्रहरी कार्यालयले आचरणविपरीत काम गरेको भन्दै २ जना असईसहित ३ जना प्रहरी कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा रौतहट जिल्लाको इलाका प्रहरी कार्यालय पिपरा रजवाडा दरबन्दी भई प्रहरीचौकी औरैयामा कार्यरत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्