कांग्रेस केन्द्रीय समिति बैठक २४ कात्तिकमा - News Birat

कांग्रेस केन्द्रीय समिति बैठक २४ कात्तिकमा

न्यूज विराट
काठमाडौं, २० कात्तिक-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही २४ कात्तिकमा दिउँसो १ बजे बस्ने भएको छ । यसअघि २१ कात्तिकका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको आज भएको बैठकमा सहभागीहरूले बोल्ने क्रम जारी रहेकाले सो बैठक भोलि पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा १२:३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles