बिराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको एफसीपिएस कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, र कार्डियोलोजी समावेश रहेको र थप विधाहरु थप्दै जाने अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष डा. बिरेन्द्रकुमार बिष्ट र अस्पतालका एकेडेमिक डाइरेक्टर प्रो.डा. नवीनकुमार कर्णले कार्यक्रमको पहिलो विद्यार्थी डा. सञ्जय यादवलाई हार्दिक स्वागत गरेको छ । कार्यक्रममा बोल्दै डा. यादवले नयाँ पहल चिकित्सा शिक्षा र स्वास्थ्य सेवा मापदण्डहरू सुधार गर्दै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेर अगाडी बढने बताए । एफसिपीएस कार्यक्रमले विभिन्न चिकित्सकीय विधाहरुमा बिशेष प्रशिक्षण, व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्ने उनले बताए । जसले गर्दा चिकित्सकहरुलाई बिरामीहरुको हेरचाहर उपचार प्रदान गर्न चाहिने नवीनतम ज्ञान र सीपहरूको विकास गरेर अगाडी बढने डा. नविन कर्णले बताए । यो कार्यक्रम हाम्रो अस्पतालको यात्रामा एक महत्वपूर्ण कोशे ढुंगा हुने भन्दै २४ बर्ष देखि स्वास्थ्य उपचारमा संलग्न हाम्रो अनुभव आउने र भविष्यका चिकित्सकहरुको लागी राम्रो मार्गदर्शन हुने अस्पतालका अध्यक्ष विष्टले बताए । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलको एकेडेमिक कार्यक्रम अन्तर्गत स्टाफ नर्स तथा एच.ए. को पढाइ विगत १४ बर्ष देखि सन्चालनमा रहेको छ ।
विराटनगर । कोशी प्रदेशका नवनियुक्तमुख्यमन्त्री उद्धब थापाले ३० दिनभित्रविश्वासको मत लिने बताएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका हुन् ।उनले सभामुखले वर्तमान सरकार गठनका...
एजेन्सी, २५ मंसिर-रुसले भारत पश्चिमा देशको चीनविरोधी नीतिको मोहरा बनेको आरोप लगाएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले क्वाड समूहको कडा विरोध गर्दै भारतलाई चीनविरोधी पश्चिमी देशको ‘लगातार, आक्रामक र छलपूर्ण’ नीतिको मोहरा भएको टिप्पणी...
विराटनगर । २०७९ भदौ २९ गते सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या भयो । सुनसरी प्रहरीले राईको हत्या आरोपमा असोज ४ गते धनकुटा सागुरीगडी गाउँपालिका ८ घर...
विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले समाज परिबर्तनमा सञ्चारकर्मीहरुले अदृश्य शक्तिको रुपमा कार्य गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिको दोस्रो अधिवेशनको विराटनगरमा उद्घाटन...
विराटनगर, ९ साउन । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै...
प्रदेश १ सरकारले आगामी १ असारदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको छ । मोरङको धनपालथान-५ दादरवैरीया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले...
विराटनगर । विराट व्यापार संघले सुनसरीको बर्जुका आगलागी पीडितलाई राहत वितरण गरेको छ । सुनसरी बर्जु–४ स्थित मुस्लिम टोलमा २ दिन अघि भएको आगलागी पीडितलाई राहत वितरण गरेको हो । आगलागीबाट बिस्थापित १६ घर परिवारलाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने बताएका छन् । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको मांसाहारी आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘उहाँले ननभेज आन्दोलन भनेको के चिकन चिल्ली खान्छु भन्नुभएको हो, होइन उहाँले...