
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने बताएका छन् । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको मांसाहारी आन्दोलनप्रति लक्षित गर्दै उनले भने, ‘उहाँले ननभेज आन्दोलन भनेको के चिकन चिल्ली खान्छु भन्नुभएको हो, होइन उहाँले नरभक्षी आन्दोलन भन्नुभएको हो। प्रष्ट भए हुन्छ नेपालमा अब कसैले पनि नरभक्षी आन्दोलन गर्न सक्दैन।’ उनले सभामा उपस्थिति संख्याले आफ्नो समूहको आधिकारिकता पुष्टि गरेको र आफ्नो पार्टी नै मुल पार्टी रहेको दाबी गरे ।