मुलुकको अर्थतन्त्रमा सुधार हुन थाल्यो : अर्थमन्त्री पौडेल

 न्यूज विराट
मुलुकको अर्थतन्त्रमा सुधार हुन थाल्यो : अर्थमन्त्री पौडेल

विराटनगर । संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् ।

विराट एक्स्पोको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले राजनितिलाई दुरुस्त बनाएकाले त्यसकै प्रभावले अर्थतन्त्रमा सकारात्मक सुधार आएको उनको भनाई छ । उत्पादन, रोजगारी, बैंकको तरता, ब्याजदर, बैदेशिक मुद्रा संचेती जस्ता सबै आर्थिक परिसुचकहरुमा सकारात्मक नतिजाहरु हासिल गरेको उनले बताए । अर्थमन्त्री पौडेलले अझ गतिशिल ढंगले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक क्षेत्रका समस्यालाई समाधान गर्न सरकारले प्रभावकारी कदम चालिरहेको बताए ।
सरकारले सातै प्रदेशमा एक÷एक हजार विगाहमा औद्योगिक क्षेत्र निर्माण गरिरहेको बताउँदै उनले मोरङमा पनि औद्योगिक क्षेत्र निर्माणकालागि जग्गाको खोजि गर्न आग्रह गरे । साथै प्रदर्शनी स्थल निर्माणमापनि सरकारले सहयोग गर्ने बताउँदै सम्भावित स्थानको खोजी गर्न अनुरोध गरे ।
‘मुलुकलाई एक थान सरकार दिनकालागि मात्रै यो सरकार बनाएको हैन । नागरिकमा रहेको निरासा चिर्न, उत्पादन र लगानीमा बृद्धि गर्दे उत्पादन तथा उत्पादकत्वमा बृद्धि ल्याएर रोजगारी सिर्जना गर्नकालागि सरकार बनेको हो । कुरेर बस्ने र नियमित ढंगको काम गरेर बस्ने पक्षमा सरकार छैन,’ उनले भने, ‘ त्यसैले महत्वपुर्ण अध्यादेश ल्याएको हो । शुसासन र सेवा प्रवाहको क्षेत्रमा देखिएका समास्या समाधान गर्दै प्रभावकारी बनाउन अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउन विद्यमान कानुनमा देखिएका अवरोधहरुलाई हटाउने उद्देश्यले एक साथ अध्यादेशको माध्यमबाट २९ कानुनमा संसोधन गरिएको हो ।’

सम्बन्धित समाचार

एसबीएससीको शेयर पूँजी २६ लाख ९९ हजार

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को शेयर पूँजी झण्डै २७ लाख रुपैयाँ पुगेको छ ।सहकारीको विराटनगरमा बुधबार भएको १४ औं वार्षिक साधरणसभामा आर्थिक वर्षमा २०८०÷०८१ म २६ लाख...

१ हजार १५४ जनामा कोरोना पुष्टि, संक्रमित ६५ हजार नाघे

काठमाडौं, ५ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

विराट गोल्डकप, पहिलो हाफमा एनआरटीको अग्रता

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज भएको खेलमा न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंले सुरुवाती अग्रता कायम गरेको छ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट सुरु भएको रात्रीकालिन गोल्डकपको दोस्रो दिन विभागीय...

परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई मुख्यमन्त्री राईको निर्देशन

विराटनगर, साउन १९ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतालाई परिवर्तनको अनुभूती हुने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनु भएको छ । परिवर्तनको अनुभूती नेता र कर्मचारीमा होइन, जनतामा हुनुपर्छ, मुख्यमन्त्री...

महेन्द्र मोरङको स्वीय निर्वाचनमा अखिल क्रान्तिकारी एक्लै भिड्दै

विराटनगर । आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसमा एक्लै प्रतिस्पर्धा गर्दैछ । स्ववियू सभापतिमा रोहित यादव, सचिवमा आयुद अछामी र कोषाध्यक्षमा राजिव यादव उम्मेदवार दिएका छन् ।सदस्यहरूमा गौतम मण्डल,...

पछिल्लो २४ घण्टामा देशभर ५२२ संक्रमित थपिए

विराटनगर, २१ पुस-पछिल्लो २४ घण्टामा देशभर ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४ हजार ५५१ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ५७ हजार ४...

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ माघ । नेपालमा एकैदिन ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि...

लकडाउनलाई कडाइ गर्न सीमामा ६ हजार सशस्त्र प्रहरी, नयाँ सीम लिने २० हजारको खोजी हुँदै

काठमाडौं, १ वैशाख-सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्