लकडाउनलाई कडाइ गर्न सीमामा ६ हजार सशस्त्र प्रहरी, नयाँ सीम लिने २० हजारको खोजी हुँदै

 न्यूज विराट
लकडाउनलाई कडाइ गर्न सीमामा ६ हजार सशस्त्र प्रहरी, नयाँ सीम लिने २० हजारको खोजी हुँदै

काठमाडौं, १ वैशाख-सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ ।

सीमा क्षेत्रमा अवैध रूपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन एक हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त परिमाणमा जनशक्ति खटाइएको हो । केही स्थानमा भने सीमा पूर्ण रुपमा नै बन्द गरिएको छ भने कोही कसैलाई पनि आवतजावत गर्न नदिइने प्रबन्ध गरिएको छ ।

छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसिएमसी)मा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बललाई नै थप प्रभावकारी रुपमा लकडाउन पालना गराउन परिचालन गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार लकडाउनका समयमा हुने अवैध आवतजावतका कारण कोरोनाको सक्रमण फैलने सन्त्रासलाई रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बललाई उल्लेख्य मात्रामा परिचालन गरिएको र उनीहरूले २४ सै घण्टा सीमा निगरानी गरिरहेका छन् ।

पछिल्ला दिनमा भारतमा कोरोना सङ्क्रमणको दर बढीरहेको कारण पनि नेपालमा थप जोखिम उत्पन्न हुने अवस्थालाई सरकारले विशेष ख्याल गरेको छ । आज मात्रै वीरगञ्जमा थप तीन जनामा कोरोना भाइरस सक्रमण देखिएकाले आवश्यक परेको खण्डमा थप जनशक्ति समेत परिचालन हुन सक्ने सरकारको भनाइ छ ।

नेपाल–भारत सीमा नाकाको नियमति निगरानी गरी आवागमन पूर्णत बन्द गरिएको छ । देशभरको दैनिक शान्ति सुरक्षाको अवस्था समीक्षा गरी आवश्यकताअनुसार समन्वयात्मक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

२२ सय नेपाली भारतीय क्वारेन्टाइनमा    

भारतमा कूल २ हजार २३० जना नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । उनीहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि नेपाल आउन सक्ने र नेपालमा समेत थप परीक्षण गरेपछि मात्रै आ–आफ्नो घरमा जान सक्ने छन् तर उनीहरु पुनः घरमा नै क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

यस्तै, नेपालतर्फ पनि कूल ६६१ जना भारतीय क्वारेन्टाइनमा छन् । नेपाल भारत सीमा क्षेत्रमा रहेका ती नागरिकलाई नेपालतर्फ प्रदेश सरकारको समन्वयमा स्थानीय तहले र भारतमा रहेका नेपाली नागरिकलाई भारत सरकारले आवश्यक प्रबन्ध गरेको छ ।

५७ हजार बढीले लकडाउन उल्लंघन गरे    

प्रवक्ता डा. देवकोटाका अनुसार शान्ति सुरक्षा तर्फको कार्य समूहले उपलब्ध गराएको विवरण अनुसार गत चैत ११ गतेदेखि लागू भएको लकडाउनका क्रममा हालसम्म कूल ५७ हजार ३१३ जनाले उल्लंघन गरेको पाइएको छ । बिनाकाम सार्वजनिक स्थानमा गएको र आफूखुसी हिडेकालाई प्रहरीले पक्राउ गरेको हो ।

तीमध्ये ५७ हजार ३०२ जनालाई केही समय राखेर रिहा गरिएको छ । यस्तै, ३२ हजार ७२४ वटा सवारी साधनसमेत सो अवधिमा पक्राउ परेको छ । ती सवारीमध्ये २७ हजार ४४२ वटालाई छाडिएको छ । उनले लकडाउनको उल्लंघन नगर्न र कानूनको परिपालना गर्न समेत आग्रह गर्नुभयो ।

सिसिएमसीमा शान्ति सुरक्षाको सम्पूर्ण काम तथा विवरण भने गृह मन्त्रालयले उपलब्ध गराउने गरेको छ । देशका विभिन्न स्थानमा रहेका ४ हजार ४६ विदेशी पर्यटकलाई विभिन्न माध्यमबाट उद्धार गरी काठमाडौँ ल्याई उनीहरूलाई स्वदेश फिर्ता गरिएको छ ।

टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी    

लकडाउनपछि टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी कार्य जारी रहेको छ । सम्भावित बिरामीको पहिचान गर्न यही चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको छ ।

नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार नयाँ सीम पहिचान गरी उनीहरूलाई सम्पर्क गरिएको र पहिचान गर्ने काम भइरहेको छ । हालसम्म एक हजार ७५६ जनलाई कल सेन्टरले सम्पर्क गरेको छ । हालसम्म सम्पर्कमा आएका सम्भावित कोभिड–१९ सक्रमणका लक्षण भएका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ ।

कलसेन्टरसमेत नेपाली सेनाको छाउनीमा स्थापना गरिएको छ । सम्पर्क गरिएका व्यक्ति स्वास्थ्य संस्थामा गए नगएको समेत अनुगमन गरिएको छ । यस्तै, विभिन्न स्रोतबाट तथ्यांक संकलन गरी जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यक कारबाहीको लागि सिसिएमसीअन्तर्गत अन्य कार्य समूहलाई उपलब्ध गराइएको छ । यस्तै, कोभिड–१९ मोबाइल एप्समार्फत पनि एकीकृतरुपमा सूचना संकलन भइरहेको छ ।

प्रदेश, जिल्ला र स्थानीय तहलाई पिपिईको प्रयोगसम्बन्धी कार्यविधि, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, बिरामी ल्याउने कार्यविधि, कोभिड–१९ का बिरामी ल्याउने एम्बुलेन्स तथा शव बाहन सम्बन्त्री कार्यविधि, एम्बुलेन्स प्रयोग गरेर ल्याउने बिरामीको अवस्थासम्बन्धी कार्यविधि , फिबर क्लिनिक, द्रूत नमूना परीक्षणसम्बन्धी कार्यविधिसमेत तयार गरी लागू गरिएको छ ।    -रासस

सम्बन्धित समाचार

गृह नगरमा ललित राजवंशीलाई भव्य स्वागत

विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित राजवंशीलाई गृह नगरी विराटनगरमा भव्य स्वागत गरिएको छ । खेलकुद संग सम्बन्धीत विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरुले राजवंशीलाई...

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए

धरान, २० मंसिर । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । क्याम्पसको जग्गा संरक्षण गर्न नसकेको भन्दै विद्यार्थीहरूले विद्यार्थी संगठनहरुको अगुवाईमा सोमबार क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् ।...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, २३ असार-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउँसो ४ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद् बैठक...

झी : पुचमा सामूहिक बेलविवाह

विराटनगर । विराटनगरस्थित झी : पुचमा नेवारी समुदायमा कन्याहरूको सामुहिक बेलविवाह गरिएको छ ।५ देखि ११ वर्षसम्मका कन्याहरूको बेलविवाह गरिदिने प्रचलनअनुसार झी पुचः विराटनगरले हरेक वर्ष सामूहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ । मंगलबार झी...

‘नेपाल रत्न’ पाउनेलाई मन्त्रीसरह सुविधा

काठमाडौं, फागुन २२–सरकारले सर्वोच्च विभूषण पाउनेलाई बहालवाला मन्त्रीसरह सुविधा र मर्यादाक्रम दिने भएको छ। नेपाली नागरिकलाई दिइने उक्त सर्वोच्च पदकलाई ‘नेपाल रत्न’ नाम दिइएको छ। नेपाल कानुन आयोगले तयार पार्दै गरेको विभूषणसम्बन्धी मस्यौदा विधेयकमा उक्त...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारबाट, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने...

प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्