प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण, सचिवमा अनिल श्रेष्ठ
बिहिबार, १० माघ, २०८१,
न्यूज विराट
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविन कुमार कर्ण चयन भएका छन् । प्रेस सेन्टर नेपाल मोरङको विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सह–सचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् । त्यसैगरी सदस्यहरुमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बु, जय कामत, अर्जुन लिम्बु, मर्जिना खातुन रहेका छन् ।
ग्रामिण पत्रकारीता पुरस्कार मुडियारीलाई विराटनगर । सहिद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बावुराम मुडियारी पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल मोरङको पाँचौ जिल्ला सम्मेलनको अवसर पारेर बिहीबार पत्रकार मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कृत भएका पत्रकार मुडियारी रेडियो नेपालमा कार्यरत रहेका छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ्ग, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कुलबहादुर साम्बा कसुल, पे्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
पाँच पूर्वअध्यक्ष सम्मानित प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित पाँच जना पुर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पुर्व अध्यक्षहरु अमृत कुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र गोकुल पराजुलीलाई सम्मान गरेको हो । प्रेस सेन्टर नेपाल मोरङ तत्कालीन (क्रान्तिकारी पत्रकार संघ) को पूर्वअध्यक्षको भूमिका निर्वाह गरेर संगठन निर्माण, विकास र विस्तारमा योगदान पुर्याएको भन्दै पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।
लकडाउनका कारण मिथिलाञ्चलको महापर्व चैती छठ प्रभावित भएको छ । आज अस्ताउँदो सूर्यलाई अर्घदिने कार्यक्रम हुँदा पोखरीमा प्रहरीले कसैलाई आउन दिइरहेको छैन । सामाजिक दुरी कायम राखेर घर–घरमा मात्रै मनाउन सबैलाई आग्रह गरेको जिल्ला प्रहरी...
काठमाडौं, असोज २३ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्र हमाल मन्त्री बनेपछि कानुन व्यवसायीहरु न्यायपालिका स्वतन्त्र नरहने निश्कर्षमा पुगेका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विस्तार गरेको मन्त्रिमण्डलमा हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त...
काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव...
विराटनगर । मोरङको कटहरी गाउपालिकाले जिल्ला ट्रफिक कार्यालय मोरङलाई आज एकथान व्रेथलाइजर मेशिन हस्तान्तरण गरेको छ । मादक पर्दाथ सेवन मापसे चेकजाचमा प्रयोग हुने व्रथलाइजर मेशिन पालिकाले हस्तान्तरण गरेको हो ।गाउपालिकामा एक कार्यक्रमको आयोजना गरि...
विराटनगर । विराटनगर २ सोमबारे हाट शंकरपुरस्थित मोरङ सहकारी हस्पिटलमा न्यूरो सर्जरीको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।अत्याधुनिक उपकरण र चर्चित न्यूरो सर्जर चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण मोरङ सहकारीमा न्यूरो सर्जरीको उपचार...
काठमाडौं, २९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्समार्फत कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका छन् । सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म संचालन भइएको भर्चुअल छलफलका...
काठमाडौं, ३ जेठ-नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जाराको परिवारका सदस्यको कोरोना भाइरस (कोभिड-१९) रिपोर्ट नेगेटिभ आएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत् आफ्ना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएइका हुन् । उनले आफ्नो...
करीव २ सातादेखिको न्यायिक अराजकता अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आजदेखि सबै न्यायाधीशलाई नियमित मुद्दाको पेशी तोकेर इजलास गठन गरेका छन् । यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेशीमा चढाइएकोमा आजबाट सबै न्यायाधीशलाई नियमित मुद्दा हेर्न...