माघ ११ देखि विराट एक्स्पो हुने, २६८ स्टल रहने

 न्यूज विराट
माघ ११ देखि विराट एक्स्पो हुने, २६८ स्टल रहने

विराटनगर । आठौं संस्करणको विराट एक्स्पो हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म विराट एक्स्पो हुने भएको हो ।
एक्स्पो तयारीबारेमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले एक्स्पो हुन लागेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरनाले जानकारी दिए । एक्स्पोमा तयारी तिव्र गतिमा भईरहेको उनले बताए । विराटनगरको डिग्री क्याम्पसको खेल मैदानमा हुने एक्स्पोमा २६८ वटा स्टल रहने छ ।

‘यो एक्स्पो नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको आफ्नै छुट्टै पहिचान र ब्राण्डको रुपमा स्थापित हुन सफल भएको छ । एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ता बिच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान प्रदानका साथै उद्यमी व्यवसायीलाई व्यवसायीक सम्बन्धको विकास गर्नुको साथै नँया प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पुर्याउनेछ,’ अध्यक्ष सुरनाले भने ।
एक्स्पोमा कोशी प्रदेशको समग्र आर्थिक विकासको औद्योगिक ईको सिस्टम निर्माणका साथै उद्यमशिलताको विकासलाई ध्यान दिदै डिजिटल प्रविधिको प्रयोगमा फोकस गरिने एक्स्पोको संयोजक भोलेश्वर दुलालले बताए । विशेषगरि युवाहरुले डिजीटल प्रविधिमा आधारित रहेर संचालन गरेको उद्योग व्यावसायले प्राप्त गरिरहेको सफलतालाई मध्यनजर गरि करियर काउन्सिलिङ, ए.आई. कन्फेन्स, रोजगार कोशी पेभिलियन, डिजिटल पेभिलियन, विजनेश क्लिनिकलाई विशेष आकर्षणको रुपमा समावेश गरिएको संयोजकले दुलालले बताए । त्यसैगरी कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोवाईल लगायतको सहभागिताका अलावा उद्यमशिलता विकासका लागि आवश्यक पर्ने सबै प्रकारका व्यावसाय विकासका सेवाहरु प्रदर्शन हुने बताइएको छ । ‘एक्स्पो अवधिमा हरेक दिन विभिन्न थिमेटिक शेशनहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ । पर्यटन प्रवर्धन गर्नका लागी गन्तव्यहरुको प्रवर्धन, पर्यटन पूर्वाधार, सााँस्कृतिक पर्यटन विकास, पर्यटनलाई स्थानीय उत्पादनसंग जोड्ने फरवार्ड र व्याकवार्ड लिकेज अभिबृद्धि गर्ने विभिन्न कृयाकलापहरु सञ्चालन गरिनेछ ,’ संयोजक दुलालले भने ।

एक्स्पोमा ९ पेभिलियन रहने छ । व्यावसायीक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधि ४० बटा स्टल, अटोमोबाइल्स २० बटा स्टल, औद्योगिक ७५ वटा स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईज ७५ वटा स्टल रहनेछ ।
रोजगार कोशी पेभिलियन अन्र्तगत युवाहरुलाई करिअर काउन्सेलिङ गर्दै हस्पीटालिटी, आईटि र इलेक्ट्रिकलका क्षेत्रमा एक्स्पो अवधीमा १ हजार ८ सय जनालाई प्रत्यक्ष तालिम दिने भएको छ । उनीहरुलाई रोजगारीको व्यवस्था पनि मिलाउने तयारी गरिएको छ । एक्स्पोमा उत्कृष्ठ उद्यमीलाई पुरस्कार पनि प्रदान गरिने भएको छ । ‘एक्स्पोमा सहभागी हुने सबै प्रदर्शनकर्ता उद्योगी व्यवसामीहरुलाई प्रोत्साहन गर्न कृषि, उद्योग, व्यापार, अटोमोवाईल्स, स्पन्सर पेभिलियन अन्तर्राष्ट्रिय बिधाहरुमा उद्योगीहरु छनौट गरि समापनका अवसरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ,’ संयोजक दुलाले भने ।
एक्स्पोमा दैनिक मनोरञ्जन कार्यक्रम पनि हुने भएको छ । राष्ट्रिय र स्थानीय कलाकारले एक्स्पोमा दैनिक रुपमा मनोञ्जन दिने बताइएको छ ।

सम्बन्धित समाचार

कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना, उपाधिको लागि भदौ १६ गते भिड्दै

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको फाइनलमा ७९ जना प्रतियोगिहरु छनोट भएका छन् । भदौ १६ हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट ७९ जना छनोट भएका हुन् । जय मिडिया मेनेजमेन्ट प्रा लि...

देश बाहिरबाट आएर जानकारी नगराई घर बसे कारबाही

कोरोना भाइरस संक्रमणको अवधिमा नेपाल बाहिरबाट आएर जानकारी नदिई घरमा बस्ने व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले कारबाही गर्ने भएको छ । त्यस्ता व्यक्तिहरूलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम कानूनी कारबाही र दण्ड...

साना किसान कृषि सहकारी अमरदहको सातौँ साधारणसभा सम्पन्न

विराटनगर, २३ पुस । मोरङको सुनवर्षी नगरपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड अमरदहको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न...

प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि रंगेली तनावग्रस्त

विराटनगर, फागुन ६–प्रसूति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली तनावग्रस्त बनेको छ । रंगेली अस्पतालमा प्रसूतिका क्रममा रंगेली ९ की २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएपछि आफन्तले रंगेली बजारमा प्रदर्शन...

२४ घण्टामा देशभर थपिए ३११ कोरोना संक्रमित

काठमाडौं, १३ साउन-आज देशभर ३११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना भाइरस संक्रमित भेटिएको...

हातको नशा काटेर विराटनगरमा एक युवाले गरे आत्महत्या 

विराटनगर । विराटनगर ४ तिलोक मार्गमा एक जना युवाले हातको नशा काटेर आत्महत्या गरेका छन् ।  खोटाङ घर भई मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डे देब्रे हातको नशा काटेर बुधवार आत्महत्या गरेका हुन् ।...

सरकारविरुद्ध प्रतिपक्षी ३ पार्टी एक ठाउँमा

काठमाडौं, १५ वैशाख-प्रतिपक्षी ३ दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भइको निष्कर्ष निकालेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विपक्षी दलहरूको बैठकले सरकारको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्