पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्नेमा जोड

 न्यूज विराट
पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्नेमा जोड

विराटनगर । पुर्व प्रहरीको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गर्नुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
नेपाल पूर्व प्रहरी संगठन परिवार केन्द्रीय कार्य समितिको दास्रो वार्षिक साधारणसभा तथा विराटनगर महानगर कार्यसमितिको दोस्रो अधिवेशनमा सहभागिहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै पुर्व एआइजी ठाकुर प्रसाद ज्ञावलीले पुर्व प्रहरीहरुको दक्षता र विज्ञतालाई राज्यले सदुपयोग गरेर अगाडी बढनुपर्नेमा जोड दिए । कोशी प्रदेश प्रहरीका एसएसपी जयराज सापकोटाले पुर्व प्रहरीहरुले संगठनलाई आफ्नो उमेरको उर्जाशिल समय दिएको बताए । उनले सेवारत रहँदा पुर्व प्रहरीले हासिल गरेका ज्ञान र क्षमतालाई प्रयोग गरिर्नुपर्ने धारणा राखे । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण प्रसाद चिमरियाले लामो सेवा अवधिमा पुर्व प्रहरीले धरै कुराहरुमा विज्ञता हासिल गर्ने गरेकाले उनीहरुको अनुभव र क्षमतलाई राज्यले सदुपयोग गर्नुपर्ने बताए ।

पुर्व प्रहरी नायब महानिरीक्षक भक्तीनाथ माझीले पुर्व प्रहरीहरु अनुसाशित र प्रशिक्षित जनशक्ति रहेको बताउँदै पुर्व प्रहरीहरुले अवकाश जीवनलाई समाज निर्माणमा खर्चिनुपर्ने बिषयमा जोड दिए । माझीले पुर्व प्रहरीले बहालवाला प्रहरीले सम्पादन गरिरहेको कार्यलाई मुल्यांकन गरेर संगठलाई सुझाव दिनुपर्ने बताए । आयोजक संस्थाका संरक्षक एवं पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिनाले पुर्व प्रहरीले आफ्नो विज्ञताको अहंकार नगरी समाजमा समर्पित हुनुपर्ने बताए । पुर्व प्रहरी कर्मचारी परिषदका अध्यक्ष एवं पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेशप्रसाद श्रेष्ठले संगठले पुर्व प्रहरीहरुको हकहितमा काम गरिरहेको बताए । पुर्व प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा आजिवन सदस्यलाई सम्मानपत्र वितरण गरिएको थियो ।

सम्बन्धित समाचार

श्रोत नखुलेको ७ लाख ९ हजारसहित एक जना पक्राउ, हुण्डीको आशंका

विराटनगर । स्रोत नखुलेको ७ लाखभन्दा ९ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले स्रोत नखुलेको रकमसहित विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो...

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा थप १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । योसँगै हालसम्म मुलुकमा कोरोना...

प्रेमिबाटै मोरङको पथरीमा ज्ञानमतिको हत्या, आरोपि सार्वजानिक

विराटनगर । मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ । राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका...

एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु

विराटनगर, २२ फागुन । सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १-०२-००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस...

एसइईको कानुनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौं, ६ असार-माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानुनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान...

अपाङ्गता भएका व्यक्तिहरुको दिवसका विराटनगरमा प्रभातफेरि

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा आज प्रभातफेरि निकालिएको छ । विराटनगर महानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ, करुणा फाउन्डेसन नेपाल, सिविआर लगायतका संस्थाहरुको अगुवाईमा विराटनगर महानगरपालिका परिसरबाट प्रभातफेरि निकालिएको हो ।...

प्रचण्ड ओलीनिकट नेताहरुसँग संवादमा

सामान्यतः नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच मत मिल्दैन । पोखरेलले अध्यक्ष प्रचण्डलाई चिढ्याउने सार्वजनिक अभिव्यक्ति दिनेमात्र होइन्, सचिवालय बैठकमै सहज प्रस्तुति हुदैन । अलिक कडा भाषाशैलीमा प्रस्तुत हुने पोखरेलले नै जबजको फायर खोलेका...

ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर, ६ साउन । उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्