ब्राउन सुगर सहित २ जना पक्राउ - News Birat

ब्राउन सुगर सहित २ जना पक्राउ

न्यूज विराट

विराटनगर, ६ साउन । उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका छन् । हिजो दिउसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles