प्रचण्ड ओलीनिकट नेताहरुसँग संवादमा

 न्यूज विराट
प्रचण्ड ओलीनिकट नेताहरुसँग संवादमा

सामान्यतः नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच मत मिल्दैन । पोखरेलले अध्यक्ष प्रचण्डलाई चिढ्याउने सार्वजनिक अभिव्यक्ति दिनेमात्र होइन्, सचिवालय बैठकमै सहज प्रस्तुति हुदैन ।

अलिक कडा भाषाशैलीमा प्रस्तुत हुने पोखरेलले नै जबजको फायर खोलेका थिए– प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा । गत वर्षको यो घटनामात्र होइन्, सचिवालयका हरेकजसो बैठकमा पोखरेल प्रचण्डको खिलापमा उभिन्छन्, चर्को अभिव्यक्तिसहित ।

त्यसैले अध्यक्ष प्रचण्ड र पोखरेलको भेटवार्ता औपचारिक जस्तोमात्रै लाग्छ । नेकपाका दुई अध्यक्षको सम्बन्ध चिसोमात्र होइन्, संवादहीनताको अवस्थामा रहेकै बेला प्रधानमन्त्री तथा ओलीनिकट मानिने नेताहरु निरन्तर खुमलटार पुगिरहन्छन् । त्यही क्रममा आज बिहान ९ बजेतिर नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे ।

हिजोमात्रै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङ प्रचण्ड निवास पुगेका थिए । तर, यी तीनै जानसँगको भेट भने ओलीको चाहनाभन्दा बढ्ता प्रचण्डको बोलवाटमा भएको हो । निरन्तर ओलीनिकट नेताहरुलाई भेट्ने र परिस्थितिलाई ‘कुल गराउने’ भूमिका वा प्रयास प्रचण्डबाट भएको देखिन्छ ।

१७ मंसिरको सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित भएपछि २० मंसिरका लागि प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । र १८ मंसिरको स्थायी समिति बैठकलाई २१ मंसिरलाई सारेका छन् । यी दुबै बैठकमा ओलीपक्षको समर्थन छैन । प्रचण्डसहित बहुमत सचिवालय सदस्यको निर्णय अनुसार भोलि सचिवालय बैठक बस्दैछ ।

त्यही बैठकको सम्मुखमा प्रचण्डले ओलीनिकट नेताहरुसँग संवाद बढाएका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले विवादलाई सल्टाउने प्रयासमा केन्द्रित भएर नै पौडेल, नेम्वाङ र पोखरेलसँग संम्वाद गरेका हुन् ।

ओलीनिकट नेताहरु प्रचण्डले राजनीतिक दस्तावेज फिर्ता गर्नुपर्ने अडानमा छन् । प्रचण्ड दस्तावेज फिर्ता नभएसम्म ओली बैठकमा सहभागी नहुने सन्देश प्रचण्डसम्म पुर्‍याइरहेका छन् ।

भोलिको बैठकमा ओलीको उपस्थितिको वातावरण बनाउन पनि प्रचण्डले उनीनिकट नेतासँग संवाद बढाएको प्रचण्डको सचिवालय स्रोत बताउँछ ।

सम्बन्धित समाचार

प्रदेश १ का सामाजिक विकास मन्त्री यादवद्धारा नैतिक शिक्षामा जोड

विराटनगर, १ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले नैतिक शिक्षा हराउँदै गएको बताउनु भएको छ । उहाँले नैतिक आचरणका संस्कारहरु विद्यार्थीले विर्सदै गएकाले नैतिक शिक्षा आवस्यक रहेकोमा जोड दिनुभएको छ ।...

कोरोनाभाइरसबाट युरोपमा एकको मृत्यु

एजेन्सी, फागुन ४–फ्रान्समा एक चिनियाँ पर्यटकको नयाँ कोरानाभाइरसबाट मृत्यु भएको छ। यो एसिया बाहिर कोरोनाभाइरस रोगबाट पहिलो पटक मृत्यु भएको हो। उनी जनवरी १६ मा फ्रान्स पुगेकी थिइन र २५ जनवरीमा क्वारेन्टाइन अस्पातालमा राखिएको थियो।...

विद्युत् प्राधिकरणको जिम्मा शाक्यलाई

काठमाडौं, २४ कात्तिक-नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।  प्राधिकरणमा वरिष्ठ शाक्यलाई पन्छाएर लेखनाथ...

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० आयोजना हुने, पहिलो कार्यक्रम सोमबार बिराटनगरमा

बैशाख ३, काठमाडौँ । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । बिराटनगरको होटेल इस्टर्न स्टारमा...

प्रदेश १ मा ओमिक्रोन भेरियन्ट नियन्त्रणका लागि तयारी शुरु

विराटनगर, २७ मङ्सिर । प्रदेश नं १ मा कोरोना भाइरसको नयाँ भेरियेन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि सीमा नाकामा चेकजाँच लगायतको अन्य उपायहरुको पुर्व तयारी शूरु गरिएको छ । प्रदेशका भारतसंग जोडिएका सीमा नाकाहरु विराटनगरको रानी, झापाको...

थप १ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, ३२ साउन- पाटन अस्पतालमा उपचार गराइरहेका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका अनुसार काठमाडौं घर भएका उनी २० साउनदेखि...

रौतहटमा हावाहुरी र असिना

जनकपुर, ६ वैशाख-गएराति आएको हावाहुरी र असिनाबाट रौतहटमा करोडौंको क्षति पुगेको छ । बर्षासँगै आएको असिनापानीले तरकारी, फलफूल तथा हिउँदे बालीमा करोडौंको क्षति पुगेको हो । हावाहुरी र असिनाले जिल्लाको चन्द्रपुर नगरपालिकाको सिन्दुरेघारी, नजरपुर, सन्तपुर,...

कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका छन्। कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रलाई बुधबार विराटनगरमा सम्बोधनका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्