विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाले सिएमई कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शनिबार आयोजना गरेको हो । विशेषज्ञ चिकित्सकहरुले अनुभव र शोघहरु प्रस्तुत गरेर अन्य विशेषज्ञ चिकित्सकहरुको चिकित्सकिय सीप र ज्ञान कायम राख्न तथा अभिबृद्धि गर्न एवं चिकित्सा क्षेत्रमा नयाँ विकासहरू बारे जान्न सिएमई (कन्टिन्यु मेडिकल एजुकेसन) मद्दत गर्ने भएकाले कार्यक्रम आयोजना गरेको संघका महासचिव डा. बालकृष्ण साहले बताए ।
मुटु, क्यान्सर र न्युरो गरि ३ कार्यपत्रहरु प्रस्तुत गरिएको सो सिएमई कार्यक्रममा अध्यक्षता गरेको संघको साईन्टिफिक समितिका चियरमेन प्रोफेसर डा. शान्ति सुवेदीले सबैलाई स्वागत गर्दै विमारीहरुलाई उच्चतम सेवा दिन सिकाई कहिले नसकिने विचार राखेका थिए । भारतको मेदान्ता हर्ट ईन्स्टिच्युटका निर्देशक द्वय डा. प्रमोद कुमार र डा. अजय कुमार सिन्हाले मृटुका समस्या तथा एन्जियोप्लास्टी सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । सो प्रस्तुतिमा नोवेल अस्पतालका प्रोफेसर डा. राजेश नेपाल र संघका सल्लाहकार डा. नारायण कुमारले सहजिकरण गरेका थिए । त्यस्तै मेदान्ता क्यान्सर ईन्स्टिच्युट पटनाका सहनिर्देशक डा. सन्दिप कुमारले प्यान्क्रियाजमा हुने क्यान्सरका शल्यक्रिया सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । यस प्रस्तुतिमा विराट मेडिकल कलेजका एसिस्टेन्ट प्रोफेसर डा.शिवराज शर्मा र नोवेल मेडिकल कलेजका डा. प्रदिप भण्डारीले सहजिकरण गरेका थिए । तेस्रो प्रस्तुति नोवेल मेडिकल कलेजका प्रोफेसर डा. प्रकाश काफ्लेले मष्तिकको एन्युरिजमका उपचार सम्बन्धि गरेका थिए । सो प्रस्तुतिमा न्युरो–कार्डियो तथा मल्टिडिसिप्लेनरी अस्पतालका डा. यम बहादुर रोक्का र आर्या न्युरो अस्पतालका डा. पंकज नेपालले सहजिकरण गरेका थिए । करिब १ सय ५० चिकित्सकहरुको उपस्थिति रहेको थियो । सहभागी चिकित्सकहरु, सहजकर्ता तथा मेदान्ता अस्पताललाई समेत धन्यवाद दिदै संघका अध्यक्ष डा. राजेन्द्र चौधरीले चिकित्सकहरुको हक हित र ज्ञान अभिवृद्धिका लागि संघ जहिल्यै पनि खुल्ला रहेको बताउदै कार्यक्रम समापन गरेका थिए । त्यसैगरी नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले पनि मुटु सम्बन्धी सचेता कार्यक्रम आयोजना गरेको छ । मेदान्ता अस्पतालसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । उक्त कार्यक्रममा औषधी व्यवसायी, विद्यार्थी, स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।
विराटनगर, १२ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएर फर्किएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोस्रो पटक मेयर भएर अधुरा काम पुरा गर्ने बताएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएर सोमबार...
काठमाडौं, २२ असार-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटाैँ...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्थानीय स्तरमा उत्पादन हुने ढाकालाई प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर प्रवद्र्धन गर्ने नीति लिएको बताएका छन् । विराटनगरमा आजबाट सुरु भएको तीन दिने ढाका महोत्सवको उद्घाटन गर्दै...
काठमाडौं, ११ वैशाख-साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला अदालत काठमाडौंले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति पाएको साइबर ब्यूरो निमित्त...
काठमाडौं, १५ मंसिर-नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार...
काठमाडौं, १० वैशाख-मुस्लिम संघ नेपालले तब्लिक जमातीलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन...
झापा, २० असोज-झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला ओली र छोरा...
पेरिस, २० जेठ-महामारीका रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर ३ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपीको गणनाअनुसार विश्वभर ६३ लाख ७४ हजार मानिस कोरोनाभाइरसबाट संक्रमित छन् । जसमा युरोपमा मात्र १ लाख ७९...