समान पहुँचका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

 न्यूज विराट
समान पहुँचका लागि अनुसन्धान आवश्यक : मन्त्री ढकाल

काठमाडौं, २२ असार-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटाैँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गरे ।

परिषद्ले स्वास्थ्यका महत्त्वपूर्ण क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जनाउँदै कोभिड–१९ को महामारीका सम्बन्धमा नेपाल सरकारले निरन्तररुपमा यसको विरुद्ध खटिरहेको र परीक्षण लागि एउटा मात्रै प्रयोगशाला रहेकामा अहिले यो सङ्ख्या बढाएर २५ पुगिसकेको र अझै बिस्तार हुने क्रममा रहेको जानकारी दिए । रासस

सम्बन्धित समाचार

एमाले प्रदेश १ को प्रमुख सचेतकमा भण्डारी नियुक्त

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई नियुक्त गरेका हुन् । भण्डारी सुनसरी सुनसरी २(१) बाट प्रदेशसभा...

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मनमोहनको १ लाख २० हजार योगदान

विराटनगर, १६ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा मनमोहन स्मृति पोलिटेक्निक इन्स्टिच्युटले १ लाख २० हजार रुपैयाँ योगदान गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित पोलिटेक्निक इन्स्टीच्युटले...

प्रदेश १ को दशौं तथा बजेट अधिवेशन आजदेखि सुरु

विराटनगर, १६ जेठ । प्रदेश १ प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । सोमबार ११ बजेपछि सुरु भएको बैठकमा प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन आव्हान सम्बन्धी पत्र सभामुख प्रदिपकुमार भण्डारीले पढेर सुनाएका...

फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग

एजेन्सी, १ असोज-अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको...

औषधीको दुरूपयोग रोक्न सबैको साथ सहयोगको खाँचो

विराटनगर । लागु तथा मनोद्धिपक औषधि चिकित्सकको प्रेसक्रिप्सन लिएर मात्र औषधी व्यवसायीहरुले विक्री वितरण गरिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । चिकित्सकको प्रेसक्रिप्सन विना लागु तथा मनोद्धिपक औषधि बिक्री वितरण गर्दा यसको दुरूपयोग बढेको कारणले सरोकारवालाहरूले...

श्रीमानसँगको रिसले दुई छोरीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र...

मोरङको गोठगाउँमा दुई नाबलकको मृत भेटिए , आमा सम्पर्कबिहीन

विराटनगर । मोरङको सुन्दरहरैचामा दुई जना नावलकको शव भेटिएको छ । सुन्दरहरैचा ७ गोठगाउँमा दिदी वहिनिको शव शनिबार भेटिएको हो ।धनकुटा पाख्रिबास नगरपालिका – ४ डिकुरे घर भई हाल मोरङ सुन्दरहरैचा नगरपालिका – ७ मालति...

कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिकाे बैठक बस्दै

काठमाडौं, ६ जेठकोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्