विराटनगर । कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि विराटनगरमा सुरु गर्ने प्रदेश लगानी सम्मेलन सफल बनाउन लागि पर्न नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाटा) कोशी प्रदेशले व्यवसायीहरुलाई आग्रह गरेको छ ।
नाटा कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बिहीबार सूचना जारी गर्दै प्रदेश सरकारले आउँदो माघ ११ देखि १३ गतेसम्म संचालन गर्ने प्रदेश लगानी सम्मेलन भव्य रुपमा सफल बनाउन साथ सहयोग गर्ने जनाएका छन् ।
‘निजी क्षेत्रप्रति अटुट विश्वास राखी प्रदेश सरकारले सुम्पिएको उक्त जिम्मेवारीलाई बोध गर्दै प्रदेश लगानी सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नयहाँको अमूल्य साथ, सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु । प्रदेशकै गौरवका रुपमा आयोजना गर्न लागिएको लगानी सम्मेलनलाई भव्य रुपमा सफल बनाउन साथ सहयोग रहनेछ,’ अध्यक्ष भट्टराईले जारी गरेको पत्रमा उल्लेख छ ।
नाटासहित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलगायतका एक दर्जन बढी संघसंस्थाले लगानी सम्मेलन सफल बनाउन लागि परेको छ ।
विराटनगर । विराटनगर – १६ स्थित गौतम बुद्ध स्कुलमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको छ । विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कुल परिसरमा हप्ताको एक दिन अतिरिक्त क्रियाकलाप हुने गरेको हो । विद्यालयले गुणस्तरीय...
विराटनगर, २७ मंसिर–मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका सकृय पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरिने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले पत्रकार विश्वकर्मालाई सम्मान गर्ने भएको हो । महासंघ...
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक...
सिरहा, ३० वैशाख-कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा...
काठमाडौं ५ वैशाख-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य डा. शशांक कोइरालाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रशंसामा केन्द्रित भएको दाबी गरेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक...
गोरखा, जेठ २५-गोरखा नगरपालिका–९ वीरेन्द्रचोक क्षेत्रमा विश्वमा अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक फेला परेको छ । स्थानीयवासी होमप्रसाद रेग्मीको घरमा बयस्क सो सालक फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए...
विराटनगर, २३ असोजङप्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा दुई सय ३०, सुनसरीमा एक सय ४३, झापामा...
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका – २० मा एक्लै बस्दै आएकी ६४ वर्षीय पूर्णसरी राईको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वृद्धा महिलाको हत्या आरोपमा धनकुटा सागुरीगडी गाउँपालिका ८ घर भई...