प्रदेश १ मा २४ सयको पिसिआर परिक्षण गर्दा चार सय ८५ जनामा कोरोना

 न्यूज विराट
प्रदेश १ मा २४ सयको पिसिआर परिक्षण गर्दा चार सय ८५ जनामा कोरोना

विराटनगर, २३ असोजङप्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा दुई सय ३०, सुनसरीमा एक सय ४३, झापामा ३३, इलाममा १०, धनकुटामा सात, संखुवासभामा छ, उदयपुरमा पाँच, भोजपुर र ताप्लेजुङमा चार÷चार, खोटाङमा दुई, तेह्रथुम र ओखलढुङ्गामा एक÷एक र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा एक ५२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५१ महिला र एक सय एक रहेका छन् । मोरङको सुन्दहरैचामा चार महिला १४ पुरुष, जहदामा तीन महिला ११ पुरुष, बुढीगंगामा छ महिला सात पुरुष, कानेपोखरीमा दुई महिला सात पुरुष, ग्रामथानमा एक महिला छ पुरुष, कटहरीमा तीन महिला तीन पुरुष, रतुवामाईमा एक महिला दुई पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा दुई÷दुई पुरुष, बेलबारीमा एक महिला एक पुरुष, लेटाङमा एक महिला र स्थानीय तह नखुलेका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा २७ महिला ३३ पुरुष, इटहरीमा २४ महिला ३५ पुरुष, इनरुवामा दुई महिला चार पुरुष, हरिनगरमा तीन पुरुष, गढी, दुहवी र बर्जुमा दुई÷दुई पुरुष, बराहक्षेत्रमा एक महिला एक पुरुष, देवानगञ्जमा दुई महिला, भोक्राहा नरसिंहमा एक पुरुष र स्थानीय तह नखुलेका चार पुरुष, झापाको भद्रपुरमा एक महिला १४ पुरुष, मेचीनगरमा चार महिला तीन पुरुष, दमक र विर्तामोडमा चार÷चार पुरुष, गौरीगञ्ज, कनकाई र स्थानीय तह नखुलेका एक÷एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको इलाम नगरपालिकामा सात पुरुष, सुर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका एक÷एक पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा एक महिला पाँच पुरुष, महालक्ष्मीमा एक पुरुष, संखुवासभाको सभापोखरीमा दुई पुरुष, खाँदबारीमा एक पुरुष, चैनपुरमा एक महिला र स्थानीय तह नखुलेका दुई पुरुष, उदयपुरको त्रियुगामा दुई पुरुष, कटारीमा एक पुरुष, स्थानीय तह नखुलेका दुई पुरुष, भोजपुर र भोजपुरको आमचोकमा एक÷एक पुरुष, टेम्केमैयुङमा एक महिला र स्थानीय तह नखुलेका एक पुरुष, ताप्लेजुङमा एक महिला तीन पुरुष, खोटाङको दिक्तेलरुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका एक÷एक पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ओखलढुङ्गाको चिशंखुगढीमा एक पुरुष र प्रदेश १ बाहिरका ११ महिला २८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रबार पुष्टि भएकासँगै प्रदेश १ मा कुला कोरोना संक्रमितको संख्या नौ हजार तीन सय ४१ पुगेको छ । प्रदेश १ मा शुक्रबार एक सय १३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । शुक्रबार डिस्चार्ज भएकासँगै प्रदेश १ मा हालसम्म चार हजार सात सय ७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार दुई हजार चार ४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४९ महिला ३३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म हालसम्म १ लाख ३४ हजार सात सय ७३ जनाको परीक्षण गरीएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

लकडाउनको १ महिना पूरा

काठमाडौं, ११ वैशाख-सरकारले घोषणा गरेको लकडाउनको बुधबार १ महिना पूरा भएको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेबाट लक डाउन जारी गरेको थियो । चैत ११ गते बिहान ६ बजेबाट...

काठमाडौंमा अलपत्र मोरङ–५ का ३० जनाको सांसद मण्डलद्धारा उद्धार, विहानै आइपुगे विराटनगर

विराटनगर, बैशाख ११–मोरङ क्षेत्र नं. ६ का संघिय सांसद शिवकुमार मण्डलको पहलमा लक डाउनका कारण काठमाडौंमा अलपत्र परेकालाई उद्धार गरिएको छ । सांसद मण्डलको पहलमा उनको निर्वाचन क्षेत्रका ३० जनालाई काठमाडौंबाट उद्धार गरि विराटनगर ल्याइएको...

पारिश्रमिक नपाएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी...

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन निजामति कर्मचारी संगठनको माग

विराटनगर, साउन २–नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, १७ मंसिर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले भर्खरै नजित सार्वजनिक गरेको हो । ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

लकडाउनमा पत्रकारः अधिकांशले तलब पाएनन्, धेरैलाई जागिरबाट निकालियो

काठमाडौं, २७ जेठ-नेपाल पत्रकार महासंघले गरेको एक अध्ययनले लकडाउन अवधिमा अधिकांश सञ्चारगृहका पत्रकारले विनातलव काम गरिरहेको देखाएको छ । ‘प्रमुख रूपमा नियमित तलब नपाउने समस्या देखिएको छ । केही सञ्चारमाध्यमहरूले लकडाउनभन्दा अघिकै समयदेखिको नियमित तलब...

१ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ जेठ-बिहीबार नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । आज १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले देशका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्