अर्किटको वक्तृत्वकलामा शर्मिष्टा प्रथम

 न्यूज विराट
अर्किटको वक्तृत्वकलामा शर्मिष्टा प्रथम

विराटनगर । विराटनगरस्थित अर्किट कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा शर्मिष्टा लुइँटेल प्रथम भएकी छन् ।
बुधबार कलेज परिसरमा आयोजित प्रतिस्पर्धामा कलेजमा अध्ययनरत १ हजार ३ सयभन्दा बढी विद्यार्थीमध्येबाट शर्मिष्टा प्रथम भएकी हुन् ।
‘उद्यमशीलताको विकासमा राज्यको भूमिका’ विषयमा आयोजित प्रतिस्पर्धामा सरोज पौडेल द्वितीय हुँदा दीपेन ताजपुरिया तृतीय भए । कवि एवं पत्रकार मीनकुमार नवोदित, कलेजका निर्देशकसमेत रहेका एसोसिएट प्रोफेसर दीपेश बास्तोला र प्राध्यापक सन्तोष अधिकारी रहेको निर्णायक समितिले प्रतिस्पर्धी विद्यार्थीहरूमध्येबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको नाम घोषणा गरेको थियो । विद्यार्थीहरूको सर्वाङ्गिण विकास गर्दै व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजका प्राचार्य सीएम श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमुख निर्णायक नवोदितसहित एसोसिएट प्रोफेसर बास्तोला, प्राचार्य श्रेष्ठ, निर्देशक मनिष भट्टराईलगायतले अविर र माला लगाएर पुरस्कार प्रदान गरेका थिए । प्रतिस्पर्धाबाट प्रथम हुन सफल शर्मिष्टाले यही मंसिर २८ गते विराटनगरमा आयोजना हुने अन्तरकलेज वक्तृत्वकला प्रतियोगितामा सहभाागिता जनाउने अतिरिक्त क्रियाकलापका संयोजक मनोज तिवारीले जानकारी दिए ।
कलेजमा अध्ययनरत १३ सय विद्यार्थीमध्ये ३० जनाबीच आन्तरिक प्रतिस्पर्धा गरिएको थियो । आन्तरिक प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट ५ जनामध्येबाट जिल्लास्तरको प्रतियोगितामा भाग लिने विद्यार्थी छनोट गरिएको हो । विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापनलगायतका विषय पठनपाठन हुने अर्किटले बेला–बेला कविता, निबन्ध, वादविवाद, वक्तृत्व, चित्रकला, खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको कलेजका प्राचार्य श्रेष्ठको भनाइ छ । पठनपाठनसँगै विद्यार्थीहरूको चौतर्फी विकासका लागि कलेजले कुनै कमी हुन नदिएको उनले बताए । निर्णायक नवोदितले पाठ्यक्रमसँगै विद्यार्थीमा बाहिरी ज्ञान पनि हुनु जरुरी रहेको उल्लेख गरे । उनले व्यवहारिक र सीपमूलक शिक्षा अहिलेको आवश्यकता रहेको औंल्याए । त्यस्तै अर्का निर्देशक बाँस्तोलाले विद्यार्थीको व्यक्तित्व र नेतृत्व विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

सम्बन्धित समाचार

रुकुम पश्चिम घटनाः ३४ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भोलि

सुर्खेत, ३२ जेठ-रुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ । घटनाको आवश्यक छानबिनपछि प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार ६ सय ५९ पुग्यो

विराटनगर, ७ भदौ–प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक...

मोटरसाईकल चोरी आरोपमा पाँच पक्राउ

विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरी आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा मोटसाइकल चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका – ६ का १९ वर्षीया प्रकास सरदार,...

भव्य भयो विराटनगरमा रथयात्रा (फोटो फिचर)

विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा बिहीबार ५५ औं धार्मिक तथा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा भव्य निकालिएको हो । खटयात्रालाई २०२५ सालबाट भगवान राधाकृष्ण रथयात्रा महोत्सवको रुपमा महानगरवासीले मनाउँदै...

उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक

भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे...

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन: शेखर कोइराला

विराटनगर, फागुन २८–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी...

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

एजेन्सी, असार १७-दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले...

ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्‍व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्