कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन: शेखर कोइराला

 न्यूज विराट
कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन: शेखर कोइराला

विराटनगर, फागुन २८–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे । उनले संसदमा समेत कांग्रेसको उपस्थिति कमजोर भएको उल्लेख गरे । ‘नेकपाका साथीहरू नै प्रमुख प्रतिपक्ष अलि कडा रुपमा उत्रिनु परो भन्नुहुन्छ’ उनले भने, ‘नेकपा नेताहरू नै सरकारको कामबाट सन्तुष्ट छैनन् । सरकारका गलत कामको प्रतिपक्षले आवाज उठाइदिए हुन्थ्यो भन्ने उहाँहरूको चाहना छ । जुनरुपमा कांग्रेसले आवाज उठाउनुपर्ने हो त्यसअनुसार उठाउन सकेको छैन ।’

कांग्रेसप्रति जनताको ठूलो आशा र भरोसा रहेको कोइरालाले भनाइ थियो । आफ्नै सरकार भएकाले नेकपाका नेताले विरोध गर्ने आँट गर्न नसकेको उनको कथन थियो । नेकपाका नेताहरू नै सरकारको कामबाट वाक्क भइसकेको कोइरालाको टिप्पणी थियो । कांग्रेसले संसदमा आफूलाई खरो रुपमा प्रस्तुत गर्न नसकेको कोइरालाले बताए । राष्ट्रिय राजनीति, सरकारका गलत क्रियाकलाप, जनताका समस्यालाई कांग्रेसले संसदमा सशक्त रुपमा उठाउनुपर्नेमा उनले जोड दिए ।

कांग्रेस नेतृत्व काठमाडौंमा मात्रै सीमित भएको उनको दाबी थियो । नेतृत्वले आफू निकटका व्यक्तिलाई पद बाँडेर आफू बलियो भएको महसुस गरिरहेको कोइरालाले बताए । नेता कोइरालाले शेरबहादुर देउवा समग्र पार्टीको सभापति हुन नसकेको उल्लेख गरे । भागबण्डाको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको कोइरालाले दावी गरे । कोइरालाले शेरबहादुर देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै झ्यांगिएको दाबी गरे । कोइरालाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्दै गएको दाबी गरे । गलत काम गर्ने व्यक्तिलाई कारबाही नगर्दा सरकारप्रति जनताको वितृष्णा बढ्दै गएको उनले आरोप लगाए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्