
देशभर एकै दिन थपिए २ हजार २० संक्रमित
काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले आयोजना गरेको तीन जिल्लाको भेला सकिएको छ ।
विराटनगरमा झापा, मोरङ र सुनसरी गरी तीन जिल्लाको मंगलबार भेला आयोजना गरेको हो ।
उक्त भेलाले औषधी व्यवसायीहरुको हक हित र राज्यले बनाउने नीति निमार्ण औषधी व्यवसायी मैत्री बनाउनुपर्ने माग गरे । उनीहरुले पोषणयूक्त खाद्यान्न बनाउने (न्यूट्रासिटिकल) सामाग्री ठूला आयातकर्ताले ल्याउँदा केहि नगर्ने तर साना औषधी पसलहरुमा राखेर विक्री वितरण गर्दा विभागले कार्वाही गर्ने प्रवृतिको अन्त्य गरिनुपर्ने माग राखेका छन् । पोषणयूक्त खाद्यान्न सामाग्री आयात गर्ने मुल्य र विक्री गर्ने मुल्यको अन्तर धेरै भइरहेकोले उपभोक्ता मारमा परिरहेकोले त्यसलाई नियन्त्रण गर्न र औषधीको मुल्यलाई एकरुपता कायम विभागले गराउनुपर्ने उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै औषधी व्यवसायी संघका केन्द्रीय सदस्य गौतम गुप्ताले औषधी क्षेत्रमा धेरै गुनासो आउने भएकोले मर्यादित र स्वच्छपूर्ण तरिकाले औषधी व्यवसायीहरुले व्यापार व्यवसाय संचालन गरिनुपर्ने बताए । कार्यक्रममा बोल्दै औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्दु ढकालले औषधी व्यवस्था विभागले गर्ने अनुगमन पुर्वग्राही हिसाब गर्न नहुने बताए । औषधि ऐनलाई समय अनुकुल परिमार्जन गरि नयाँ औषधी ऐन ल्याउनुपर्ने बताए । ‘स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा ज्यान लिनेसम्मका अपराध गरेको देखा परेका छन् । तर, अहिले पुरानो औषधी ऐन हुदा अपराधमा संलग्न प्रतिवादी सामान्य धरौटिमा छुटने र पुरानै धन्दा संचालन गर्दछन्,’ उनले भने, ‘त्यही भएर राज्यले कडा सजायको व्यवस्था राखेर औषधी ऐन परिमार्जन गरेर ल्याउनुपर्दछ । जसले गर्दा औषधी क्षेत्रमा देखा परेको विकृती अन्त्य हुनेछ ।’
कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवसायी संघ सुनसरीका निर्वतमान अध्यक्ष रविन्द्र घिमिरेले औषधी क्षेत्रमा देखा परेको बिकृति अन्त्य गरिन सबै क्षेत्र लागि परे मात्र स्वच्छ र मर्यादित व्यवसाय संचालन गर्न सकिने बताए ।
तीन जिल्लाको संयुक्त भेलाले विभिन्न निर्णाय गरेको छ । थोक सम्बन्धी समस्या सावधान गर्नको लागि तीन वटै जिल्लाको थोक उपाध्यक्ष, सदस्य र महासचिब रहने गरी समिति गठन भएको छ । त्यसैगरी खुद्रा व्यवसायीहरुको समस्या सवधान गर्नको लागि पनि तीन जिल्लाका खुद्रा उपाध्यक्ष र खुद्रा सदस्य रहने गरि समिति गठन भएको छ ।
नेपाल औषधी व्यवसायी संघ मोरङका महासचिब अरुण ब्रमाहणले संचालन गरेको कार्यक्रममा झापा, मोरङ र सुनसरी जिल्लाका एनसीडिका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रमको स्वागत मन्तब्य एनसीडि मोरङका उपाध्यक्ष हरीराज रेग्मीले गरेका थिए भने अध्यक्षता मोरङ अध्यक्ष देशबन्धु ढकालले गरेका थिए ।
काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...
विराटनगर, २८ साउन । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन...
बिराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ ।अहिले शुरु गरिएको एफसीपिएस कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी,...
काठमाडौं, २४ माघ । नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) सत्र वर्ष पूरा गरी अठारौँ वर्षमा प्रवेश गरेको छ । सरकारले अघि सारेको डिजिटल नेपाल अवधारणालाई सार्थक बनाउन टेलिकमले देशको दुर्गम क्षेत्रमा समेत उच्चतम प्रविधिको...
काठमाडौं, ६ मंसिर-कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । योसँगै कोरोना भाइरस...
काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हेटौंडामा हुने भएको छ । यसअघि साउन ६ र ७ गतेका लागि नवौं महाधिवेशनको मिति तोकिएपनि स्थान तय भएको थिएन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको उपस्थितिमा बसेको...
विराटनगर, बैसाख ३–प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (¥यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने...
विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कपको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा ग्यालेक्सी स्कुललाई १–० गोलले हराउँदै मोर्डन एरा स्कुलले प्याब्सन प्रेसिडेन्ट कपको उपाधि जितेको हो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.