बिराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले एमडी र एमएस पढन चाहनेहरूको लागि डिजाइन गरिएको फेलोशिप अफ द कलेज अफफिजिसियन एन्ड सर्जन्स कार्यक्रमको सुरुवात गरेको छ । अहिले शुरु गरिएको एफसीपिएस कार्यक्रमहरूमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, अर्थोपेडिक सर्जरी, न्यूरो सर्जरी, र कार्डियोलोजी समावेश रहेको र थप विधाहरु थप्दै जाने अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष डा. बिरेन्द्रकुमार बिष्ट र अस्पतालका एकेडेमिक डाइरेक्टर प्रो.डा. नवीनकुमार कर्णले कार्यक्रमको पहिलो विद्यार्थी डा. सञ्जय यादवलाई हार्दिक स्वागत गरेको छ । कार्यक्रममा बोल्दै डा. यादवले नयाँ पहल चिकित्सा शिक्षा र स्वास्थ्य सेवा मापदण्डहरू सुधार गर्दै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेर अगाडी बढने बताए । एफसिपीएस कार्यक्रमले विभिन्न चिकित्सकीय विधाहरुमा बिशेष प्रशिक्षण, व्यावहारिक ज्ञान र अनुभव प्रदान गर्ने उनले बताए । जसले गर्दा चिकित्सकहरुलाई बिरामीहरुको हेरचाहर उपचार प्रदान गर्न चाहिने नवीनतम ज्ञान र सीपहरूको विकास गरेर अगाडी बढने डा. नविन कर्णले बताए । यो कार्यक्रम हाम्रो अस्पतालको यात्रामा एक महत्वपूर्ण कोशे ढुंगा हुने भन्दै २४ बर्ष देखि स्वास्थ्य उपचारमा संलग्न हाम्रो अनुभव आउने र भविष्यका चिकित्सकहरुको लागी राम्रो मार्गदर्शन हुने अस्पतालका अध्यक्ष विष्टले बताए । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलको एकेडेमिक कार्यक्रम अन्तर्गत स्टाफ नर्स तथा एच.ए. को पढाइ विगत १४ बर्ष देखि सन्चालनमा रहेको छ ।
विराटनगर, २३ असोजङप्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय ८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा दुई सय ३०, सुनसरीमा एक सय ४३, झापामा...
विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित...
काठमाडौं, १ जेठ-लकडाउनकै बीच खुलेको शेयर बजारमा तीव्र रूपले ओरालो लाग्दा खुलेको २ दिनमा नै बन्द गर्न धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई निर्देशन दिएको छ । बजार घटेपछि लगानीकर्ता आक्रोशित बनेसँगै बजार पुन: बन्द गर्ने निर्णयमा...
विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...
विराटनगर, १ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले निजीक्षेत्रको मागलाई सम्बोधन गरेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रतिक्रिया दिँदै उनले निजीक्षेत्रका अधिकांश माग...
विराटनगर । पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर विराटनगरमा खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । राप्रपा मोरङको आयोजनामा विराटनगरमा बिहीबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।रक्तादन कार्यक्रममा ३०...
विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते...