विराटनगर । अपाङ्गता भएका महिला र किशोरिको सवाल विषयक छायाँ प्रतिवेदन तयारीका लागि प्रदेश स्तरिय कार्याशाला गोष्ठी सम्पन्न भएको छ । अपाङ्गता भएका महिला तथा किशोरीको सवालहरुको पहिचान गरी विविधताको सम्म्मान गरौँ भन्ने मूल नाराका साथ अपांगता भएका महिलाहरुको महासंघ नेपालको आयोजनामा उक्त कार्यशाला गोष्ठी भएको हो ।
अपाङ्गता भएका महिला विरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धि महासन्धि अन्तर्गत महिला तथा किशोरीहरुको तर्फबाट छायाँ प्रतिवेदन तयारीका लागि एक दिने प्रदेश स्तरिय कार्याशाला गोष्ठी आयोजना गरिएको बताइएको छ ।
अपाङ्गता अधिकार कोषको सहयोगमा आयोजित उक्त कार्यशालाका आदिवासी जनजाति अपाङ्ग महिला संघ ,दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ ,नेत्राहित महिला संघ , एक्सेस प्लानेट ,दलित महिला संघ ,पहिचान लगायतका संस्थाहरु सह आयोजक रहेको उक्त कार्याशाला कोशी प्रदेश राजधानी बिराटनगरमा सम्पन्न भएको हो ।
कार्यक्रममा १३ जिल्लाका शारीरिक ,बौद्धिक ,दृष्टि , सुनाइ तथा बोलाई ,मनोसामाजिक लगायत बिभिन्न प्रकृतिका ३५ जना अपाङ्गता भएका महिलाहरुको सहभागिता रहेको महासंघ अध्यक्ष निर्मला धितालले जानकारी दिइन् ।
राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सिताराम ओझाले स्वागत मन्तब्य राख्दै उक्त कार्यशाला गोष्ठीलाई सहजीकरण अध्यक्ष धितालले गरेका थिए । अपाङ्गता भएका महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धि महासन्धिको बारेमा छायाँ प्रतिवेदन र यसको प्रक्रियाका बारेमा जानकारी गराउदै सहभागी मध्येबाट ५ समूह विभाजन गर्दै प्रत्येकलाई २÷२ वटा विषयमा छलफल भएको थियो ।