
अछाममा आगलागी, दिदीभाइको मृत्यु
अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना...
विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्विनी र सूदुरपश्चि प्रदेशले विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत विहिबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिले गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरको खेलमा ३६ दशमलव ५ बलमा सवै विकेट गुमाई १ सय २ रनको झिनो योगफल बनायो । गण्डकीका कप्तान अर्जुन कुमालले ३५ रन बनाउँदा सिब्रिन श्रेष्ठले २५ रनको योगदान दिए । सूदुरका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ८ दशमलव ५ बलमा ३ मेडन राख्दै १३ रन मात्र खर्चिएका थिए । सचिन बाहेक हेमन्त धामी र यूवराज खत्रीले समान २–२ विकेट लिए ।
१ सय ३ रनको झिनो लक्ष्य पाएको सूदुरले २६ ओभरमा ५ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । सूदुरका आशिष लु्हारले ३९ रन बनाउँदा यूवराज खत्रीले नटआउट २७ रन र नरेन राउदले नटआउट २० रनको योगदान दिए । गण्डकीका अपराजित पौडेलले ३ विकेट लिँदा किरण भट्टराई र सिब्रिन श्रेष्ठले १–१ विकेट दिए । सूदुरले ३ खेलमा २ मा जित हात पार्दै ४ अंककासाथ दोस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको ४ खेलमा २ मा जित र २ मा पराजित हुँदै नेट रन रेटको आधारमा तेस्रो स्थानमा झरेको छ ।
त्यसैगरी, मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा लुम्विनीले वागमती प्रदेशलाई १ सय २ रनको विशाल अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्विनीले निर्धारित ५० ओभरमा ७ विकेट गु्माई २ सय ७८ रन बनायो । यो स्कोर यस प्रतियोगिताको उच्च स्कोर हो यस अघि उच्च स्कोर वागमतीले गण्डकीविरुद्ध २ सय २९ रन बनाएको थियो । लुम्विनीका आकाश त्रिपाथीले ७७ रन बनाउँदा सन्तोष यादवले ६३ रन र दिल्साद अलीले नटआउट ५४ रन बनाए । वागमतीका दयानन्द मण्डल र दिनेश विष्टले २–२ विकेट लिए ।
२ सय ७९ रनको विजयी लक्ष्य पाएको वागमतीले ४४ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै १ सय ७६ रन मात्रै बनाउन सक्यो । वागमतीका रोशन विश्वकर्माले अविजित ७३ रन बनाउँदा सुर्यान्सु कोइरालाले ३२ रन र राजेश वोहराले २१ रनको योगदान दिए । लुम्विनीका सन्तोष यादवले ३ विकेट लिँदा आकाश त्रिपाथीले पनि ३ विकेट दिए । यादवले १० ओभर वलिङ गर्दै २ मेडन ओभर गर्दै २४ रन मात्र दिए भने त्रिपाथीले ७ दशमलव ४ बलमा ३३ रन दिएएका थिए । खेलको प्लेयर अफ द म्याच त्रिपाथी घोषित भए । लुम्विनीले खेलेको ४ खेलमै अपराजित हुँदै ८ अंकका साथ शिर्ष स्थान यथावत रहेको छ भने वागमतीले खेलेको ३ खेलमा १ खेलमा जित र २ खेलमा पराजित हुँदै २ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।
शुक्रबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा मधेश र सूदुरपश्चिम प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
अछाम । अछाममा आगलागी हुँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नं ६ को षोडशामा छानामा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । स्थानीय दीपक बोहराको छोरी अन्दाजी ८ वर्षीया भावना...
विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को सल्लाहकार नरेश श्रेष्ठको निधन भएको छ । विराटनगरका स्थायी बासिन्दा ७५ वर्षीय श्रेष्ठको शुक्रबार निधन भएको हो । आन्द्राको क्यान्सर, मधुमेह र उच्च रक्तचापबाट पीडित श्रेष्ठको काठमाडौंस्थित शिक्षण...
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विविद्य कार्यक्रम आयोजना गरी हप्ताभरी संघको स्थापना दिवस...
विराटनग र विराटनगर –८ हाट्खोलामा अवस्थित ग्रेडेड स्कुलले सरस्वती पूजा र बसन्त पञ्चमी विशेष पर्वका ?पमा पूजा आरधाना गरी मनाएको छ । आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले...
विराटनगर । स्वर्गीय शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता २०८१ सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन जुनियर, सब जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको हो । जुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका...
विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमतिबिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो । विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५...
विराटनगर । फरक क्षमता भएका एक जना व्यक्तिलाई निर्घात कुटपिट गरेर लुटपाट गरेको आरोपमा विराटनगर महानगरपालिका–११ का २४ वर्षीय राजकुमार सहनीलाइ प्रहरीले पक्राउ गरेको छ ।विराटनगरमा शारीरिक रूपले फरक क्षमता भएका ५० वर्षीय कैलाशकुमार गुरुङलाई...
विराटनगर । एसबीएससी जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पूर्वाञ्चल विद्या सदन र रंगेलीको माउन्ट मकालु स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.