मोरङ प्रहरीमा कार्यरत प्रहरी जवान मृत भेटिए

 न्यूज विराट
मोरङ प्रहरीमा कार्यरत प्रहरी जवान मृत भेटिए

विराटनगर । विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरेर बस्ने नेपाल प्रहरीका जवान शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भइ जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ३१ वर्षीय योगेन्द्रकुमार कार्की राति ८ः१० बजेतिर झुन्डिएको भेटिएका हुन् ।

डेरा बसेको घरको कोठामा भित्रबाट ढोका ‘लक’ गरी पंखाको हुकमा नाइलनको डोरीको पासो लगाइ झुन्डिएको शव भेटिएको जोशीले बताए ।

कार्कीकी श्रीमती इन्दु थापासमेत जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत जवान हुन् । ड्युटी सकेर कार्यालयबाट कोठा पुग्दा भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको देखेर इन्दुले नै घटनाको जानकारी दिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।

उनका अनुसार तत्काल घटनास्थल पुगी ढोका फुटाएर हेरिएको थियो । घटनास्थल सुरक्षित राखिएको र परिवारका सदस्य एवं आफन्त आइपुगेपछि कानुनी प्रक्रिया सुरु गरिने जानकारी चिमरियाले दिए । उनी आफैं घटनास्थल पुगेका थिए ।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब २ सय मिटर उत्तरमा पर्छ । घटनाको कारण खुल्न नसकेको र अनुसन्धानपछि यकिन हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा सिपिआर तथा क्यान्सर रोग बारे सचेतना कार्यक्रम

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको हो ।...

आज ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण

काठमाडौं, ५ कात्तिक-गत २४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको २० हजार १ सय १८ को पीसीआर गर्दा आज देशभर ५ हजार ७ सय ४३ जनामा कोरोना पोजिटिभ...

सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित

जनकपुरधाम, २४ जेठ-सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले...

काेशी प्रदेशमा आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गरिँदै, विपक्षी दलहरूकाे बहिष्कार

विराटनगर । काेशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि अध्यादेशबाट ल्याएकाे बजेट सार्वजनिक भईरहेकाे छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा विपक्षी दल काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले बहिष्कार गरेका छन्...

चुनौती स्वीकार्दै आएको छु, निराश बनाउँदिनँ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रूपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा लोडसेडिङको अन्त्य, घाटाका गएको संस्थालाई नाफामा लगेर नयाँ अध्याय...

चीनसँग सीमामा कुनै समस्या छैनः मन्त्री ज्ञवाली

काठमाडौं, १२ असार-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग सीमा क्षेत्रमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले बैठकमा बोल्दै चीनसँग सीमा समस्याको हल्ला गलत भएको बताएका छन् । हालै...

चितवनमा ५३७ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

चितवनका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ सङ्क्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी सङ्क्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४...

विद्यालयमा सिकाई सञ्चालनका लागि सुझाव संकलन

विराटनगर १२ भदौ–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ५ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प छ । लामो समय देखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी सुुरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्