भव्य भयो विराटनगर म्यूजिकल फेस्टिबल, गायक स्वप्न सुमन र पुर्ण राईले तताए सांगीतिक माहोल
आइतबार, ११ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । युवा पुस्ताका चर्चित गायक स्वप्न सुमन र पुर्ण राई दाजुभाइको सांगीतिक प्रस्तुतीले शनिबार राती विराटनगरमा छुट्टै सांगीतिक माहोल छाएको छ । लाइभ इन्टरटेन्टमेन्टले आयोजना गरेको तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलमा उनीहरुले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी जैन भवनमा सहभागि भएका हजरौ दर्शकहरुलाई भरपुर मनोञ्जन प्रदान गरेका हुन् ।
संगीतप्रेमी स्रोता, दर्शकको लामो प्रतिक्षापछि जब राती दश बजे मन्चमा उक्लिए स्वप्न सुमन त्यसपछि युवा पुस्ताको हुटिङ उसैगरी आउन थाल्यो । उनले सुरू गरे युवाले पुस्ताले अत्याधिक रुचाएको ‘झरीको रातमा रुजेर आउनु, मायाका मिठा गीत गुनगुनाउनु, त्यो मनमा जाने ठाउँ मलाइ देखाउनु…’ बोलको गीतबाट आफ्नो सांगीतिक प्रस्तुती आरम्भ गरे ।
जैन भवन परिसर भित्र खचाखच भरिएको दर्शक सामु उनले आफ्नो चिर्चित गीतहरु प्रस्तुत गरि उनको फ्यानलाई शान्त पारे । लोकप्रिय गायक स्वप्न सुमनको सांगीतिक प्रस्तुती रहने भनेपछि विराटनगरसहित झापा, मोरङ र सुनसरीबाट समेत उनका फ्यानहरु आएका थिए । उनलाई भेट्न आतुर देखिन्थे । तर उनी रातीको १० बजेपछि मात्रै स्टेज चढेका थिए । लाइभ इन्टरटेन्टमेन्टले आयोजना गरेको तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलमा उनले करिब एक घण्टा झुमाए । उनले कसरी भनौं तिमीलाई’, ‘तिम्रो आँखा’, ‘म तिम्रो’, ‘कुनै दिन’, ‘कुरेर बस्छु’, ‘याद म राख्नेछु’ लगायतका चर्चित आधा दर्जन गीत सुनाए । स्वप्नले गाउँदा उपस्थित दर्शकले पनि स्वरमा स्वर मिलाएर गाउँदै नाचे । उनका गीतमा प्रेम सम्बन्धका कुरा बढी समेटिएकोले खासगरी युवा पुस्तामाझ औधी मन पराइएका छन् ।
स्वप्न अगाडी पुर्ण राई दाजुभाइहरुले आफ्नो सांगीतिक प्रस्तुती गरी थप मनरोञ्जन दिलाए । गायक राईले ‘मेरोे माया फुल जस्तो… बोलको गीतबाट दर्शकलाई मनोरञ्जन दिलाए । उनले आधा दर्जन बढी गीत प्रस्तुत गरी सहभागिहरुलाई भरपुर मनोरञ्जन दिए । स्थानीय कलाकारहरुले पनि गीत र नृत्य प्रस्तुत गरी थप रमाइलो भयो । अन्तर्राष्ट्रिय स्तरको साउण्ड सिस्टम र मन्चमा चर्चित गायकहरुको सांगीतिक प्रस्तुतीले संगीतप्रेमी दर्शकहरुले भरपुर मनोञ्जन लिएको कार्यक्रम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले बताए । विराटनगर म्यूजिक फेस्टिबललाई निरन्तार दिएर अगाडी बढने उनले बताए । ‘विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीगितक कार्यक्रम हो । त्यसैले यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य भयो । यो फेस्टिबलले निरन्तार पाउनेछ,’ उनले भने ।
काठमाडौं, ४ पुस । ‘गुन्डा नाइके’ गणेश लामा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका लामाले १७८२ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । लामा विजयकुमार...
काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा मुद्दाको पेसी अबदेखि गाेलाप्रथाबाट ताेकिने भएको छ । आज बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली तथा निर्देशिका पारित गरेको हो । बैठकले सर्वोच्च अदालत नियमावली र गोला प्रणालीद्वारा पेसी...
विराटनगर । विराटनगर भन्सार एजेन्ट संघको अध्यक्षमा देवकीनन्दन शर्मा पुनः निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न विराटनगर भन्सार एजेन्ट संघको ११औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनबाट शर्माले ३८ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका...
काठमाडौं, १० जेठ-नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारबाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरूलाई...
संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...
राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई...
काठमाडौं, ११ कात्तिक-गत २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो...
काठमाडौं, ३२ जेठ-बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन । मुम्बईस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जाजपुत पछिल्लो समय भारतीय सिने जगत् बलिउडका चर्चित अभिनेता हुन् । उनी भारतीय क्रिकेटर...