सौन्दर्यकर्मीको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न
शुक्रबार, ०९ कार्तिक, २०८१,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशले दिपावली, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी चाडपर्व लक्षित शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्ष कला डाँगीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले नेपालीहरुको चाडपर्वले सामाजिक सदभाव कायम गरेर अगाडी बढने बताइन् । उनले महिलाहरुको स्तर उन्नती र क्षमता अभिवृद्धी गर्दै स्वरोजगार बनाउन महानगरपालिका लागि परेको बताइन् ।
कार्यक्रममा जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले नेपालीहरुलेको चाडपर्वले भाइचार कायम गरेर अगाडी बढने बताए । योगदानमा आधरित सामाजिक सुरक्षा कोष तीन तहको सरकारले कार्यन्वयन गरेर अगाडी लैजानुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी अध्यक्ष कला डाँगीले चाडपर्वहरुले नेपाली समाजलाई समुन्नत बनाउन, सामाजिक सहिष्णुता र सदभाव कायम गर्न ठूलो सहयोग मिल्ने बताइन् ।
कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल कोशी प्रदेशकी कोषाध्यक्ष अमिता पोखरेलले संचालन गरेको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरकी अध्यक्ष भली सुब्बा, टे«ड युनियन नेपालका केन्द्रीय उपाध्यक्ष मनोज मगरलगायतले बोलेका थिए ।
कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उपमहासचिब ममता प्रधान, केन्द्रीय सदस्य गंगा तामाङ्ग, नेपाल खेलकुद महासंघकी केन्द्रीय सदस्य शान्त जोशी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी सदस्य सुशिला पाठकलगायतको उपस्थिती रहेको थियो ।
विराटनगर, ११ चैत । विभिन्न तीनवटा निर्णय गर्दै प्रदेश १ को नेकपा (एमाले) संसदीय दलको बैठक सकिएको छ । प्रदेशसभास्थित संसदीय दलको कार्यालयमा बुधबार दलका नेता एवं प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बैठक...
विराटनगर । विराटनगरका तीन वटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न भएको खेलमा जेम्स, बालमिकी र सेन्टजोसेफ स्कुल...
विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ । तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो ।...
विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो...
विराटनगर । सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले...
विराटनगर । १४ जिल्ला रहेको प्रदेश १ मा तिहारमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ । प्रदेशमा ९९ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका...
काठमाडौं, २६ साउन=पछिल्लो २४ घण्टाको अवधिमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वरले ३३८ जनामा कोरोना संक्रमण देखिएको जानकारी...
काठमाडौं, २८ मंसिर-गत २४ घण्टामा ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । त्यस्तै, आज १ हजार ५ सय...