आज ८३० संक्रमित थपिए, १५ सय जना डिस्चार्ज - News Birat

आज ८३० संक्रमित थपिए, १५ सय जना डिस्चार्ज

न्यूज विराट

काठमाडौं, २८ मंसिर-गत २४ घण्टामा ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । त्यस्तै, आज १ हजार ५ सय जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनकाअनुसार हालसम्म २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ । आइतबार थप नौ जना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles