विराटनगर म्यूजिक फस्टिबल अहिलेसम्मै ठूलो सांगीगितक कार्यक्रम हो, त्यसैले भव्य हुनेछ : स्यान्ट्रो

 न्यूज विराट
विराटनगर म्यूजिक फस्टिबल अहिलेसम्मै ठूलो सांगीगितक कार्यक्रम हो, त्यसैले भव्य हुनेछ : स्यान्ट्रो

विराटनगरको मेनरोडस्थित जैन भवनमा शनिबार साझमा हुने तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी पुरा भएको छ । विराटनगरमा हुन लागेको यो फेस्टिबल अन्य समयको भन्दा फरक र पृथक हुँदैछ । अन्तर्राष्ट्रिय स्तरको डिजाइन गरिएको मन्चमा उत्कृष्ट साउण्ड सिस्टम जडान गरेर चिर्चित गायकहरुले सांगीतिक प्रस्तुती दिदैछन् । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको तयारी विषयमा केन्द्रित रहेर कार्यक्रम संयोजक सन्तोष महत (स्यान्ट्रो) सँग न्यूज विराटले गरेको संक्षिप्त कुराकानी :

विराटनगर म्यूजिक फेस्टिबलको तयारी कहाँ पुग्यो ?
– तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबलको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगरको जैन भवनमा शनिबार साझबाट सुरु हुने कार्यक्रममको लागि स्टेजको काम धमाधम भइरहेको छ । शुक्रबारसम्ममा स्टेज र साउन्ट सिस्टम जडानको काम पुरा हुनेछ ।

यस पटक हुन लागेको म्यूजिक फेस्टिबल विगतमा भएको भन्दा के फरक छ ?
– यस पटक हामीले संगीतप्रेमी दर्शक महानुभवाहरुलाई छुट्टै सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्य रहेको छ । त्यसको लागि हामीले अन्तर्राष्ट्रिय स्तरको साउण्ड सिस्टम र मन्च तयार पारिएको छ । अहिले हामीले जडान गरेको साउन्ड सिस्टमले संगीतिप्रेमी दर्शकहरुलाई छुट्टै मनोरञ्जन लिनेछन् । त्यसको लागि हामीले अहिलेका युवा पुस्ताहरुको ढुकढुकीमा बस्न सफल ब्याण्ड र गायकहरु ल्याएका छौं । यसअघि दुई पटक सफलता पुर्वक म्यूजिक फेस्टिबल सम्पन्न भएको छ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीगितक कार्यक्रम हो । त्यसैले यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य हुनेछ । फेस्टिबललाई मनोरञ्जन दिन अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, स्टेज र लाइटको प्रयोग गरिएको छ । यस्तो फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने हामीले अपेक्षा गरिएको छ ।
संगीतप्रेमी दर्शक स्रोताहरुको लागि अनलाइनबाट पनि टिकट काटने व्यवस्था हामीले मिलाएका छौं । त्यसको लागि मोवाइलमा आइएमबी एप डाउनलोट गरेर म्यूजिक फेस्टिबलको टिकट लिन सकिनेछ । त्यस बालेक पनि विराटनगरको २० भन्दा बढी स्थानमा टिकट पाइन्छ । हामीले टिकट पनि २ सय रुपैयाँ मात्रै राखेका छौं । टिकट सिमित रहेको छ । समयमै टिकट लिएर आफ्नो ठाउँ सुरक्षित राख्न पनि म सम्पूर्ण संगीतप्रेमी दर्शक, स्रोताहरुलाई आग्रह गर्दछु ।

म्यूजिक फेटिबलमा कस्ता कलाकाहरु आउँदैछन् ?
– म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती हुनेछ । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण छ । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ । कार्यक्रममा फुट स्टल पनि रहनेछ । यस पटकको म्युजिक फेस्टिबल फरक तरिकाले नयाँपन दिने प्रयास हामीले गरेका छौं । यस पटक हुने सांगीतिक कार्यक्रम भव्य र सभ्य तरिकाले हुदैँछ । म्यूजिक फेस्टिबलमा स्थानीय कलाकाराहरुको पनि प्रस्तुती हुनेछ ।

सम्बन्धित समाचार

छुरा प्रहार गरि साथीको हत्या आरोपमा ३ जना पक्राउ

विराटनगर, जेठ २०–सुनसरीको इटहरी २० तरहराका एक युवाको हत्या गरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले तरहराका २८ वर्षीय राजन राईको हत्या गरि फरार रहेका तीन जनलाई...

नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन

काठमाडौं, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका...

प्रदेश १ मा ५७ कोरोना संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...

आइतबार १ सय ६८ कम्पनीका लगानीकर्ताले कमाए शेयरबजारबाट नाफा

काठमाडौं, १८ पुस । आइतबार शेयर बजारबाट १ सय ६८ कम्पनीका लगानीकर्ताले नाफा  कमाएका छन् । यस दिन नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ अंकमा बन्द हुँदा कारोबारमा आएका प्राय: कम्पनीका लगानीकर्ताले शेयरमूल्य बढाउन सफल बनेका हुन्...

महिला क्रिकेट प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...

बुटवलको कोरोना विशेष अस्पतालमा थप १ काेराेना संक्रमितको मृत्यु

रूपन्देही, १९ भदौ-बुटवलको कोरोना विशेष अस्पतालमा थप १ संक्रमितको मृत्यु भएको छ । मृतक बुटवल उपमहानगरपालिका- ८ का ७८ वर्षीय पुरुष हुन् ।   अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ४ भदौमा अस्पताल भर्ना भएका...

जेठ ३२ सम्म लकडाउन थप गर्ने सरकारको निर्णय

काठमाडौं, १७ जेठ-सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । त्यस्तै, बैठकले १३ असारसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल पनि बन्द...

काठमाडौंकी कोरोना संक्रमित महिला चन्द्रागिरी नगरपालिका निवासी

काठमाडौं, ३१ वैशाख-मंगलबार काठमाडौंमा कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिकाकी रहेको खुलेको छ । उनी र मंगलबार नै संक्रमण देखिएका भक्तपुरका २ जनालाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेकाे छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्