विराटनगर । विराटनगरको विराट युनाइटेड भेट्रान प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा राईजिङ्ग भेट्रान इटहरीलाई ५–४ गोलले टाइब्रेकरमा हराउँदै विराट फाइलनमा पुगेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो । खेलको प्लेर अफ द म्याच विराटका गोलकिपर क्षत्रमान कार्की घोषित भए । उनले नगद १ हजार पाए ।
आइतबारको दोस्रो सेमिफाइन खेल रंगशाला भेट्रान विराटनगर र सुन्दरहरैचको विराटचोक भेट्रान बीच हुने टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए ।
विराटनगर । विराटगर– स्थित एभरेष्ट स्कुलको वार्षिक स्पोर्ट्स मिट आजदेखि सुरु भएको छ । एभरेष्ट कलेजको खेल मैदानमा आज मन्टेश्वरी तर्फका कक्षा नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विभिन्न प्रतियोगिता गराइएको हो । २१ गतेदेखि गर्ने...
काठमाडौं, पुस २ । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश-१ मा दुई र अन्य ६ वटा प्रदेशमा एक/एक वटा मतदान केन्द्रभित्र दुई/दुई वटा...
काठमाडाैं, २४ जेठ-बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस (कोभिड १९)काे संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा काेराेना पुष्टि भएकाे हाे । अस्पतालका अनुसार संक्रमित...
विराटनगर ÷ विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको...
विराटनगर, माघ १६–विराटनगर महानगरपालिका–८ बलुवाईमा सुशील कोइराला फाउन्डेसनको भवन शिलान्यास भएको छ । साविक वडा नम्बर ११ मा विराटनगर महानगरपालिकाले फाउन्डेसनलाई जग्गा उपलब्ध गराएपछि कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले विहीबार एक कार्यक्रमबीच भवन शिलान्यास गरेका...
काठमाडौं, १९ साउन-प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा ‘तेजाब आक्रमण, पीडितको अवस्था र...
काठमाडौं, २० साउन -भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । आजका दिन १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका...
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह...