हुम्लामा आरडीटी सुरु

 न्यूज विराट
हुम्लामा आरडीटी सुरु

हुम्ला, चैत ३०-हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका ३ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरिएको छ ।

शनिबारदेखि सुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताए ।हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका करीब ८ सय ७४ जनाकै आरडीटी हुने भएको छ । कर्णाली प्रदेश सरकारबाट जिल्लामा सामग्री पुगेसँगै यो जाँच गर्न सुरु गरिएको हो ।

आजदेखि कोरोना जाँचका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयका ल्याब टेक्निसियन बलिराज भण्डारीलाई ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिकातर्फ पठाउने तयारी भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिए ।

उत्तरी नाम्खा गाउँपालिकाका क्वारेन्टाइनका लागि भने प्राविधिक भक्ति फडेरालाई पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा नवीन रोकायाले बताए । सो जाँच छिटो गर्नका लागि जिल्लाका ७ वटै स्थानीय तहलाई सहयोगका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुरोधसमेत गरेको छ । रासस

सम्बन्धित समाचार

हुस्सु बढेपछि दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ टास्दै मोरङ ट्राफिक

विराटनगर । चिसो बढेर तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि मोरङमा ट्राफिक प्रहरीले ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियान सुरू गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ तथा ट्राफिक प्रहरी पोष्ट निमुवाको...

शिक्षादीप कलेजद्वारा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत

विराटनगर । गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थी र अभिभावकको विश्वास जित्दै आएको विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा ११ विज्ञान संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।कलेजले लिएको तेस्रो त्रैमासिक परीक्षामा ७५ प्रतिशतभन्दा बढी अंक ल्याउने ५९ जना...

बेलायतमा नेपाली‘कोदोको ब्राण्ड रक्सी’ उत्पादन गरी विक्री शुरु

काठमाडौं, १३ असोज । लण्डन । बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्रि बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ ।बेलायतमा कोदो लिमिडेट कम्पनीको...

निःशुल्क पाउने सेनिटाइजर बिक्री गरेपछि औषधि पसल बन्द

नेपालगञ्ज, ४ वैशाख-कोरोना सङ्क्रमण रोकथामका लागि सरकारलाई निःशुल्क उपलब्ध गराइएको ह्याण्ड सेनिटाइजर बिक्री गरेको अभियोगमा त्यहाँस्थित कमला मेडिसिन बन्द गराइएको छ । एसआर ड्रग कम्पनीले नेपाल सरकारमार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निःशुल्क उपलब्ध गराएको एसआर...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १२ जनालाई मेसिन वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न महिलाहरुलाई सिलाई मेसिन वितरण गरेको छ । क्लबले तीन महिने तालिम पूरा गरेका सबै १२ प्रशिक्षार्थीहरूलाई सिलाई मेसिन वितरण गरेको हो । एक विषेश कार्यक्रमकाबिच सिलाई मेसिन...

कक्षा १२ को परीक्षा आइतबारदेखि, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौँ — देशभरका परीक्षा केन्द्रमा आइतबार देखि कक्षा १२ को परीक्षा सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरबाट ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी परीक्षा दिइरहेका छन्। तीमध्ये ३ लाख ९५ हजार...

विदेशबाट फर्किएका काभ्रेका २५१ जनामा देखिएन कोरोना संक्रमण

काठमाडौं, ६ वैशाख-विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कारोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ । गत चैत महिनायता विदेशबाट घर फर्किएका सबैको र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य...

प्रदेश १ मा १० जना संक्रमित थपिए

विराटनगर, १० साउन–प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १÷१ जनामा संक्रमण देखिएको छ । मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्