प्रथम बुढीगंगा हाफ म्याराथन हुने, बिजेतालाई नगद १ लाख पुरस्कार

 न्यूज विराट
प्रथम बुढीगंगा हाफ म्याराथन हुने, बिजेतालाई नगद १ लाख पुरस्कार

विराटनगर । मोरङको बुढीगंगामा कार्तिक १० गते प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । लायन्स क्बल अफ टंकिसिनवारी ग्रिनसिटीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

आयोजकले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी तिव्र रुपमा अगाडी बढेको जानकारी गराएको छ । सो कार्यक्रममा एक हजार पाँच सय बढीको सहभागिता हुने कार्यक्रम संयोजक विमल भट्टराईले जानकारी दिए । प्रतियोगितामा २१ ीकलोमिटर दुरी रहने खुलल दौडमा महिला र पुरुष धावकधाविकाले प्रतिस्पर्धा गर्नेछन् । म्याराथनमा बिजेताले १ लाख एक हजार रुपैयाँको साथै मेडल र ट्रफि प्राप्त गर्नेछन् । त्यसैगरी द्धितीय, तृतीय, चौथा र पाँचौ हुनेले क्रमश : ५१ ह्जार, ३१ ह्जार, २१ ह्जार र ११ हजार रुपैयाँ रहनेछ । २१ किलोमिटर दुरी पूरा गर्ने धावकहरुलाई मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी पाँच किलोमिटर दुरी तय गर्ने बालवालिकाहरु सहभागि हुने म्याराथुनमा समेत पुरस्कार राखेको छ । १४ वर्ष मुनिका बालवालिका सहभागि हुनेछ । १४ वर्ष मुनिका बालवालिहरुको प्रथम, द्धितीय र तेस्रो हुनेले क्रमश २५ हजार, २० हजार र १५ हजार रुपैयाँ रहेको छ । चौथोले १० हजार र पाँचौ हुनेले ५ हजार नगद पाउनेछन् । खुल्ला म्याराथनमा बुढीगंगाको टंकिसिनवारीबाट सुरु भएर धरान–विराटनगर सडकखण्ड हुँदै रोडशेष चोक पुग्नेछ । रोडेशष चोकबाट पुन विराटनगरको मुख्य सडक हुँदै जलजला, तिनपैनी, पोखरिया, पुष्पलाल चोक भएर गोकुवा नहरको बाटो भइ राजमार्गबाट पुन टंकिसिनमा आएर २१ किलोमिटरको दुरी तय गर्नेछन् । यी सबै दौड विहान ६ बजेबाट सुरु हुनेछ । पुरस्कार वितरण साझमा सांस्कृतिक कार्यक्रमको बीचमा हुनेछ ।

सम्बन्धित समाचार

नोवेल साकोसद्वारा स्रष्टा सम्मान

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रेस युनियन कोशी...

मदन जयन्तीमा कटहरीमा नेकपाको वृक्षारोपण

विराटनगर, असार १४–मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा कटहरी–५ स्थित भौँडाहामा पनि वृक्षारोपण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कटहरी गाउँ कमिटीको आयोजनामा वडा नं. ५ भौँडाहा स्थित दलित सामुदायीक भवन परिसरमा बृक्षारोपण गरिएको...

उदयपुरको कटारीमा ‘लकडाउन’ घोषणा

विराटनगर, ३२ साउन–उदपुरको कटारी नगरपालिकाले अनिश्चीत कालका लागि लकडाउन घोषणा गरेको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अनिश्चीतकालिन लकडाउन घोषणा गरेको हो । नगरपालिकाको कोरोना भाईरस रोकथाम,...

एमसीसी यथास्थितिमै पारित भए सरकार छाड्छाैँ : नेपाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका कारण देशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने बताएका छन् । बिहीबार धनगढी पुगेका अध्यक्ष नेपालले युवा संघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई सम्बोधन गर्दै...

शसस्त्र प्रहरीलाई गोताखोर तालिम सुरु

विराटनगर । कोशी प्रदेशमा शसस्त्र प्रहरीका लागि गोताखोर तालिम सुरु भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कोशी प्रदेशका प्रमुख सचिव...

मोरङ व्यापार संघका कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित

विराटनगर, २० पुस । मोरङ व्यापार संघको कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेद्वारी दर्ता गर्ने समयसीमा सकिँदा संघको ३३ औँ कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ...

नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया– वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने...

उच्च जोखिम, न्यून सतर्कता

भारतको विहारमै कोरोनाबाट मानिसको ज्यान गएपछि थप सतर्कता अपनाउनुपर्ने प्रदेश २ को सीमा नाकामा भने हेल्चक्र्याइँ रोकिएको छैन। थोरै जनशक्ति, सीमित स्वास्थ्य उपकरण र एउटै टोली दिनभर सीमामा खटिनुपर्ने बाध्यताले पनि सीमाबाट कोरोना भित्रिने जोखिम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्