उदयपुरको कटारीमा ‘लकडाउन’ घोषणा - News Birat

उदयपुरको कटारीमा ‘लकडाउन’ घोषणा

न्यूज विराट

विराटनगर, ३२ साउन–उदपुरको कटारी नगरपालिकाले अनिश्चीत कालका लागि लकडाउन घोषणा गरेको छ । माहामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले अनिश्चीतकालिन लकडाउन घोषणा गरेको हो ।

नगरपालिकाको कोरोना भाईरस रोकथाम, नियन्त्रण, प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको आइतबार विहान साढे ७ बजे बसेको बैठकले १ बजेदेखि लागु हुनेगरि अर्को सुचना जारी नहुन्जेलसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले सो अवधिभर नगरक्षेत्रमा अत्याश्यक स्वास्थ्य सेवा, औषधि पसल, शवबहान, दमकल र एम्बुलेन्बाहेक सम्पूर्ण सरका।ी तथा गैरसरकारी कार्यालय, बै.क तथा वित्तिय संस्थालगायत अन्य सम्पूर्ण सेवाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय भएको बताए ।

नगरप्रमुख श्रेष्ठका अनुसार लकडाउन अवधिभर नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रवाह हुने सरसफाई, स्वास्थ्य र वारुणयन्त्र सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द रहने छन् । लकडाउनको समयमा हिडडुल गर्न र निजि सवारी साधन समेत सञ्चालनमा रोक लगाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles