विराटनगर । तेस्रो संस्करणको विराटनगर म्यूजिक फेस्टिबल हुने भएको छ । कार्तिक १० गते विराटनगरको मनेरोडस्थित जैन भवनमा म्यूजिक फेस्टिबल हुने भएको हो । फेस्टिबलको भव्य तयारी सुरु गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक एवम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण रहेका छन् । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ । कार्यक्रममा फुट स्टल पनि रहने संयोजक स्यान्ट्रोले बताए । फेस्टिबल सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने उनले बताए ।
‘यसअघि दुई पटक सफलता पुर्वक म्यूजिक फेस्टिबल सम्पन्न भएको छ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीग्तिक कार्यक्रम हो,’ संयोजक स्यान्ट्रोले भने, ‘यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य हुनेछ ।’ फेस्टिबललाई मनोरञ्जन दिन अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, स्टेज र लाइटको प्रयोग गरिने उनले बताए । यस्तो फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको संयोजक स्यान्ट्रोले बताए । म्यूजिक फेस्टिबलमा स्थानीय कलाकाराहरुको पनि प्रस्तुती हुनेछ । फेस्टिबल हेर्नको लागि आयोजकले २ सय रुपैयाँ टिकट राखेको छ ।
विराटनगर, माघ ५–प्रदेश एकको सरकारले मन्त्रीपरिषद बिस्तार गरेको छ । ५ सदस्यिय मन्त्रिपरिषद रहेको प्रदेश सरकारमा ४ जना राज्य मन्त्रीहरु थप गरिएका छन । थप गरिएका राज्य मन्त्रीहरुमा रामबहादुर थापा मगर भुुमि ब्यवस्था,कृषि तथा सहकारी...
सोल, २३ असार-दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरूको संख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ४४ जना भेटिएका बताइएको...
काठमाडौं, चैत ३–बजारमा कोरोना भाइरसको त्रास बढेसँगै खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नयाँ सिलिण्डर बिक्रीवितरणमा रोक लागेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले...
नेपाल टेलिकमले २०७६ चैत २० देखि २६ गतेसम्म (७ दिन) लागू हुने गरी जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ ।...
विराटनगर, १७ माघ । पाँचदलिय गठबन्धन नेतृत्वको प्रदेश सरकारले चर्को आलोचना हुने विषय लुकाएर अरु निर्णय मात्र सार्बजनिक गरेको छ । आइतबार साँझ बसेको मन्त्रीपरिषद बैठकले सत्ता गठबन्धनमा भागबण्डा मिलाउन मन्त्रालयहरु फुटाएर १२ वटा बनाउने...
काठमाडौं, ६ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन् । राष्ट्रसंघ स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा गएराति...
काठमाडौं, १५ पुस-सिंगापुरमा आज कोभिड- १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानदेखि सिंगापुरमा पनि कोभिड- १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो...
काठमाडौं, १८ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी...