श्री हस्पिटलमा नयाँ व्यवस्थापन, सर्जरीमा ल्यायो प्याकेज
सोमबार, १४ असोज, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटल नयाँ व्यवस्थापनको टिम आएको छ । ६ जनाको नयाँ टिम भित्र्याएर अस्पतालले स्वास्थ्य उपचार सेवा सुरु गरेको हो ।
२५ शैय्याको श्री हस्पिटलमा सुनिल राय, सुरेन्द्र कुमार मेहता, मो. यासिम, मो. जाबेद अन्सारी, सुदिप खत्री र राम कुमार पन्डितको नयाँ टिम भित्र्याएको छ । उनीहरुले १ करोड बढी लगानी गरेको बुझिएको छ । यसअघि अस्पतालमा चार करोड बढी लगानी रहेको अस्पतालको दाबी छ । पुरानो व्यवस्थापकमा सुनिल यादव रहेका थिए । उनले ६ जना नयाँ संचालक भित्र्याएका हुन् । नयाँ व्यवस्थापनको टिम आएसँगै अस्पतालले सर्जरीमा प्याकेज ल्याएको छ । ३० देखि ३५ हजार रुपैयाँसम्ममा एपेन्डिसाइट, पथरीलगायतका सर्जरीमा प्याकेज लयाएको संचालक सुदिप खत्रीले बताए । ‘अहिले अस्पतालले ल्याएको सर्जरीको सेवामा प्याकेजमा उपचार गरेपछि तोकिएर रकम तिरेपछि अरु कुनै शुल्क लाग्दैन,’ उनले भने । आधुनिक उपकरणहरुबाट दक्ष चिकित्सक राखेर स्वास्थ्य उपचार सेवा सुरु गरेको उनले बताए । पाँच शैय्याको भेन्टिलेसनसहितको एनआइसियू रहेको अस्पतालमा अपग्रेड आइसियू रहेको संचालक खत्रीले बताए ।
सप्तरी, २० साउन-सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरी स्थानीय प्रशासनले आजदेखि २६ साउनसम्म ६ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको सोमबार बुसेको बैठकबाट सो निर्णय गरिएको हो...
काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान...
भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री...
काठमाडौं, ११ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कतारमा रहेका नेपालीका बारेमा चिन्ता व्यक्त गरेका छन् । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीका बारेमा चासो राख्दै आफ्ना कतारी समकक्षी शेख खालिद बिन खलिफा बिन अब्देल अजीज अल...
विराटनगर । विराटनगर–५ मा रहेको मदरल्याण्ड एकाडेमीले सरस्वती पूजाको आवसरमा भजन किर्तन प्रतियोगिताको आयोजना गरेको छ । बिहिबार राती सम्पन्न भएको भजन किर्तन प्रतियोगिताको उपाधि पोखरियाको राम जानकी आमा समुहले जितेको छ । त्यस्तै श्याम...
काठमाडौं, माघ ४-प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले पार्टी कब्जा गर्न नसकेपछि फर्किएको टिप्पणी गर्नुभएको छ । उहाले पार्टी कब्जाको नीति लिएपछि त्यसलाई आफुले विफल बनाएको बताउनु भएको हो । अखिल नेपाल महिला संघको...
विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको दोस्रो खेलमा भारतको सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा...
विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...