इन्डो नेपाल क्रिकेट प्रतियोगिताको दोस्रो खेल : एनबीएससीको शानदार जित

 न्यूज विराट
इन्डो नेपाल क्रिकेट प्रतियोगिताको दोस्रो खेल : एनबीएससीको शानदार जित

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको दोस्रो खेलमा भारतको सुपोल क्रिकेट क्लब (मुन) लाई ६ विकेटले हराउँदै एनबीएससी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
विराटनगरको जुट मिल खेलमैदानमा भएको खेलमा मुनले दिएको १३२ रनको लक्ष्य पछ्याउँदै एनबीएससीले १४.१ ओभरमा ४ विकेट गुमाएर खेल जित्न सफल भयो । यस जीतमा पप्पु यादव (बी) ले महत्वपूर्ण भूमिका निभाए । उनले केवल २९ बलमा अविजित ५२ रन बनाए, जसमा ५ छक्का र ४ चौका प्रहार गरे । उनी प्लेयर अफ द म्याच घोषित भए । एनबीएससीका रोशनले ३३ बलमा ३२ रन र अभिनास करनले अविजित ८ बलमा २० रन बनाए ।
मुनका बलरतर्फ गुलसन राजले २ ओभरमा ११ रन खर्चेर २ विकेट र प्रेम कुमारले १ विकेट लिए ।
यसअघि मुनले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन बनाएको थियो । मुनका लागि कमलुद्रिनले २५ रन, प्रेम कुमारले अविजित २४ रन र रिसु कुमारले केवल ९ बलमा २० रन बनाए । बलिङतर्फ एनबीएससीका नितेश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । सर्वण यादव, पप्पु यादव, सुमित श्रेष्ठ र सुवास रोयले समान १–१ विकेट लिएका थिए ।
यो प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल बुधबार वाइआरसिस विराटनगर र सिराहा क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

प्रहरीलाई देख्नसाथ लागूऔषध फ्याँकेर फरार दुई जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छ । मोरङ सुनवर्षी नगरपालिका ८ हर्चनगढी टोलमा बस्ने २८ वर्षिय प्रदिप कुमार राजवंशी र सोही ठाउँका २२ वर्षीय अपसर आलम लागूऔषधसहित पक्राउ परेका...

गोल्ड मेडल जित्ने विष्टसहित दुई जना खेलाडी सम्मानित

विराटनगर । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने...

बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी प्रदान

विराटनगर । धनकुटा पाख्रिबास नगरपालिका १ स्थित नर्वदेश्वर आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा स्टेशनरी सामग्री वितरण गरिएको छ । वडा अध्यक्ष भोगेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा बालबालिकालाई सहयोग सामग्री वितरण गरिएको हो ।जाडोमा लगाउने ट्राकसुट...

मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडा पुगे

विराटनगर, २९ असार–प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ को सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्फ गएका छन् । मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री...

उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान...

विकास हुन लाग्दा पीर परेको देखेर छक्क लाग्छः ओली

काडमाडौं, फागुन ५–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । सञ्चारमाध्यमको भूमिका, सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमाध्यमले दिने...

एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने, ५ हजार भन्दाबढीको सहभागिता गराउने दाबी

विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यहि कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आज बसेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले...

ओली आज विराटनगर आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहान विराटनगर आउँदैछन् । एमाले मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली विराटनगर आउन लागेका हुन् । शुभकामना आदानप्रदानका साथै पार्टी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्