रोटरी क्लबद्वारा निःशुल्क बाल स्वास्थ्य शिविर

 न्यूज विराट
रोटरी क्लबद्वारा निःशुल्क बाल स्वास्थ्य शिविर

विराटनगर–रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बाल दिवसको अवसरमा निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमसँगको सहकार्यमा डाउनटाउनले निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा २ देखि १४ वर्षसम्मका बालबालिकाहरुले निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । विराट नर्सिङ होमको प्राङ्गणमा आयोजित शिविरमा दक्ष तथा अनुभवी बाल रोग तथा नवजात शिशु रोग विशेषज्ञहरु द्वारा स्वास्थ्य जाँच तथा परामर्श सेवा दिइएको थियो ।

त्यस्तै नेत्र रोग, छाला, दन्त, नाँक, कान घाँटी, पोषण तथा आहार र अटिजम सम्वन्धि जाँच तथा परामर्श, शिविरमा परिक्षण गराएका बालबालिकालाई ल्याबमा २५ प्रतिशत सम्म विशेष छुट र शल्यकृया गर्नुपर्ने बालबालिकालाई विशेष छुटको व्यवस्था गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् ।

विहान ९ बजेदेखि साँझा ५ बजेसम्म सञ्चालित शिविरमा करिब ५ सय बालबालिको स्वास्थ्य परिक्षण र परामर्श सेवा दिइएको क्लबले जनाएको छ । शिविरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय उडानमा रोक छैन, सोमबार यी विमान आउँदै छन् काठमाडौं

सरकारले आइतबार राती १२ बजेदेखि ९ दिनका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेको छ । सोहीअनुसार राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । तर, विदेशी एयरलाइन्सहरूको विनाअवरोध आवत-जावत भइरहेको...

धरान प्रवेश नाकामा सुरक्षा व्यवस्था कडा

विराटनगर । स्थानीय प्रशासनले धरानमा सुरक्षा व्यवस्था कडा बनाएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा शुक्रबार रातिदेखि निषेधाज्ञा गरेको छ । निषेधाज्ञा जारी भएकोले धरान शान्त छ...

रंगेली नगरपालिकाको नवौँ नगरसभा सम्पन्न, दुई कर्मचारी सम्मानित

विराटनगर । रंगेली नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । विभिन्न निर्णयहरु गर्दै शुक्रबार नवौँ नगरसभा सम्पन्न भएको हो । नगरसभामा सभाध्यक्ष एवम् मेयर दिलिप बगडीयाले राखेको प्रस्ताव सर्वसम्मत पारित भएको छ । नगरसभा समक्ष मेयर...

झापामा मौलायो तस्करी, यी नाकाबाट खुलेआम भित्रिन्छ लत्ताकपडा (भिडियोसहित)

झापा । प्रदेश १ को तराइको तीन जिल्लामध्ये सबैभन्दा ठुलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने...

प्रदेश १ मा बजेट अधिवेशन सुरू

विराटनगर, जेठ १४-प्रदेश १ को बजेट अधिवेशन सुरू भएको छ । आजदेखि  सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले  धारणा राखेका छन् । संसदलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन...

विराटनगरमा सयौँ मारवाडी समुदाय एमालेमा प्रवेश

विराटनगर, १६ पुस । विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलहरुमा असंलग्न रहँदै आएका मारवाडी समुदायका सयौँ अगुवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेपाल वामपन्थी मारवाडी युवा संगठनको अगुवाईमा सयाँ मारवाडी समुदायका अगुवाहरु...

मेरिल्याण्डमा हाजिरी जवाफ प्रतियोगीता, सुनगाभा सेक्सन प्रथम

विराटनगर । विराटनगर– ७ स्थीत मेरिल्याण्ड कलेजले सोमबार कक्षा – ११ का विद्यार्थीहरुको लागि क्वीज प्रतियोगिता सम्पन्न गरेको छ ।क्वीजमा कक्षा ११ का नौ वटा टीमको सहभागीता रहेकोमा प्रथम सुनगाभा सेक्सन भयो । द्वितीय सुनाखरी...

नेपाल पशुपंक्षी औषधी व्यवसायी संघको अध्यक्षमा रिमालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघका केन्द्रिय अध्यक्षमा रितेस रिमालले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको वर्तमान बरिष्ठ उपाध्यक्ष रिमालले आगामि पुसमा हुने केन्द्रिय महाअधिबेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्