झापामा मौलायो तस्करी, यी नाकाबाट खुलेआम भित्रिन्छ लत्ताकपडा (भिडियोसहित)

 न्यूज विराट
झापामा मौलायो तस्करी, यी नाकाबाट खुलेआम भित्रिन्छ लत्ताकपडा (भिडियोसहित)

झापा । प्रदेश १ को तराइको तीन जिल्लामध्ये सबैभन्दा ठुलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने गरेको पाइएको हो ।

विशेष गरी राती र बिहानको समयमा झापाको काकरभिट्टा, मेचीनगरपालिका – ६ को तुर्केनी फुटबल ग्राउन्ड, दुर्गा मन्दिर छेउ, इलाका प्रहरी कार्यालय काकरभिट्टाको उत्तरपर्टी रहेको नाका नगकलबन्दा जाने हडीकसम नाकाबाट खुलेआम तस्करी हुने गरेको स्थानीयले बताएका छन् । उक्त नाका औपचारिक रूपमा तस्करीमा प्रयोग भएको पाइएको छ ।

तस्करी धन्दामा लागेका गिरोहले यी नाकाहरूबाट भारतबाट कपडा र खाद्यजन्य सामाग्रीहरू ल्याउने गरेका छन् । नेपालबाट भारत तीर सुपारी, चाइनिज स्याउ तस्करी हुने गरेको छ ।
तस्करी धन्दामा लागेका झापाका श्याम थापाले नगकलबन्दाको हडीकसम र तिरिङ खोलाको नाका, राजन खड्काले चर्च नाका जिम्मा लिएर अहिले भारतबाट तस्करीको कपडा ल्याउने गरेका छन् । यस्तै रामे राय र बिरे लिम्बुले पनि कपडाको क्या रिङ गर्दछन् । उनीहरूले इप्रका काकरभिट्टा देखि बि ओपी काकरभिट्टा र जिल्ला प्रहरी कार्यालयसम्म मिलाएर पिक अप भ्यान र साइकलमा कपडा राखेर तस्करी गर्दछन् । शनिवार राती भारतबाट तुर्केनी नाका हुँदै तस्करी भएको भिडियो न्युज विराटले फेला पारेको छ । तस्करी धन्दामा लागेका गिरोहले भारतबाट रातीको समयमा तुर्केनी नाका हुँदै चर्चमा ल्याएर भण्डार गर्दछन् । त्यसपछि त्यहाँबाट पिक अप भ्यानमा कपडा हालेर झापाको बिर्तामोड, दुलारीबजारसहित मोरङको उर्लाबारी देखि सुनसरीको इटहरीसम्म तस्करीको कपडा पुग्ने गरेको छ । रातीको समयमा दुई दर्जन बढी भरियाले साइकलमा कपडाको बोरामा ल्याएर तुर्किने नाका हुँदै चर्चमा ल्याएर राख्ने गरेका छन् । पिक अप भ्यानमा १९ देखि २२ बोराको पोका बनाएर लोड गरेर लैजाने गरेका छन् ।

विगत लामो समयदेखि औपचारिक रूपमा तस्करीको लाइन सञ्चालन नभएको झापामा अहिले तस्करीजन्य गतिविधि एकाएक बढेको छ । विगत एक महिनायता तस्करी धन्दा बढोत्तरी हुँदै चरम अवस्थामा पुगेको छ ।

सीमा सुरक्षाका लागि खटिएको प्रहरी टोलीले बेला बेला दुई चार बोरा कपडा र अन्य सामान बरामद गरे पनि दैनिक सयौँको सङ्ख्यामा साइकलमा बोरोको बोरा कपडा नेपाल आउने गरेको सीमा क्षेत्रका स्थानीयहरूले जानकारी दिएका छन् । स्थानीयले प्रहरीसँगकै मिलेमतोमा तस्करी सुरु भएको दाबी गरेका छन् ।
यी सीमा नाका नजिक इप्रका काकरभिडा छ भने नजिकै सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बि ओपी) अवस्थित छ । तर, तस्करहरूले सुरक्षाकर्मीको पर्बाह नगरी दिनहुँ दजर्नौं सङ्ख्यामा साइकलमा बोरा भित्र कपडा राखेर तस्करी गर्दै आएको स्थलगत रिपोर्टिङका क्रममा पाइएको छ । यहाँका एक जना स्थानीयले दिएको जानकारी अनुसार विगत एक महिनादेखि नियमितरुपमा तस्करीको लाइन चलिरहेको बताए ।
‘साँझ पर्नै हुँदैन ७ बजेदेखि दर्जनौँ साइकल र पिक अप भ्यान लाइन लाग्छन् र कपडा ओसार्न थाल्छन्,’ एक जना स्थानीयले भने ।

तुरर्केनी, दुर्गा मन्दिर नाका तस्करको कब्जामा
श्याम थापाले नगकलबन्दाको हडीकसमर तिरिङ खोला र राजन खड्काले चर्च नाक जिम्मा लिएर अहिले भारतबाट तस्करीको लाइन चलाएका छन् ।

उनीहरूले सशस्त्र र जनपद प्रहरी मात्र होइन भारततर्फको सुरक्षा निकाय (एसएसपी) समेतलाई मिलाएर तस्करी लाइन सञ्चालन गरेका छन् । सशस्त्र र जनपदका दुवै डिआइजी र एसपी मिलाएको छु, कुनै डर मान्नु पर्दैन भनेर खुलेआम तस्करी गर्ने गरेको यहाँका स्थानीय बताउँछन् ।

यता जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेलले सीमा क्षेत्रबाट हुने चोरी तस्करी रोक्न लागि परेको बताए । तस्करी र अन्य गलत क्रियाकलाप गर्नेलाई प्रहरीले नछोड्ने उनले बताए । ‘मैले आएदेखि नै चोरी र तस्करी रोक्नदेखि गलत क्रियाकलाप विरुद्ध आन्तरिक रूपमा धेरै कारबाही गरेको छु र म यस्तो गलत तत्त्वसँग जोडिएर कुनै काम पनि गर्दिन,’ एसपी पोखरेलले भने, ‘तस्करी विरुद्ध हामी कडाइपूरक काम गर्छौँ । तर, प्रहरीलाई हचुवामै आरोप लगाउने गरेका छन्, त्यसमा भने म सहमत छैन ।’

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीको पक्षमा ९२ सांसदकाे हस्ताक्षर

काठमाडौं, १७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक शक्तिसंघर्ष चर्किंदै जाँदा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरूले बहुमत जुटाउन हस्ताक्षर अभियान सुरु गरेका छन् । वरिष्ठ नेता माधव नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्री...

लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, १५ वैशाख-गृह मन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सवारी साधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले सबै जिल्ला...

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौँ,  १२ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको...

नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भइसक्यो : भारतीय विदेशमन्त्री

भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध सुधार गरेरअघि बढ्ने समझदारी भइसकेको बताएका छन् । विगतमा नेपाल-भारतबीचको सम्बन्धमा समस्या देखा परेको उल्लेख गर्दै उनले आगामी दिनमा सम्बन्ध सुधार गरेर अघि बढ्ने संकेत पछिल्ला केही साताले देखाएको...

जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउनुपर्नेमा जोड

विराटनगर । जनस्वस्थ्यका क्षेत्रलाई धरासाही हुनबाट बचाउन आबश्यक नीतिनियम बनाउनुपर्ने एक कार्यक्रममा जनस्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । कोशी प्रदेश स्तरीय जनस्वास्थ्य कर्मी मोरङले भेलामा सहभागि जनस्वस्थ्यकर्मीहरुले यस्तो बताएका हुन् । जनस्वास्थ्यकर्मीहरु उत्पादनमा कमी आएको चिन्ता...

हेर्दाहेर्दै नेपालमा फलफूलदेखि दूधसम्म किनेर खानुपर्ने अवस्था आयो : मन्त्री भुसाल

काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षयता कृषि क्षेत्रलाई विगार्ने काम मात्रै भएको बताएका छन् ।एसोसिएशन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्वारा राष्ट्रिय धान दिवशको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४०...

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

काठमाडौं, २६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित...

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । भृकुटीमण्डपको प्राङ्गणमा १ सय ५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको कांग्रेसले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्