माग पूरा गर्ने प्रतिवद्धतापछि पूर्व मुख्यमन्त्री केदार कार्कीले तोडे अनसन

 न्यूज विराट
माग पूरा गर्ने प्रतिवद्धतापछि पूर्व मुख्यमन्त्री केदार कार्कीले तोडे अनसन

विराटनगर । माग पूरा गर्ने सरकारी प्रतिबद्धता पछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन तोडेका छन् । प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले अनशनस्थलमा पुगेर मागहरू पूरा गर्ने लिखित प्रतिबद्दता जारी गरेपछि कार्कीले बुधबार रातीबाट अनसन तोडेका हुन् ।

उनले उठाएका मग पूरा गर्न‌ कोशी सरकार तयार भएपछि विराटनगर ६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट जुस खाइ कार्कीले अनसन तोडेका हुन् । सरकारको सन्देश दिन आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला वल्लभ अधिकारी वार्ता स्थलमा आएका थिए । मन्त्री अधिकारीले भने, ‘कार्कीले उठाएका माग पुरा गर्न सरकार सकारात्मक छ ।’ पूर्व मुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनसन तोडेको बताए ।
जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोसी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए ।‌ प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच सांझ विराटनगरमा वार्ता भई माग पूरा गर्ने विषयमा सहमति जुटेको थियो । वार्तामा सहभागी नेपाली कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईले कार्कीले उठाएका माग सम्वोधन गर्न कोसी प्रदेश सरकार सहमत भएको जानकारी दिए।‌ वार्ताको नेतृत्व मुख्यमन्त्री हिक्मत कार्कीले गरेको र उठेका माग सम्वोधन गर्न सरकार तयार रहेको प्रतिबद्धता जनाएका थिए ।
पूर्व मुख्यमन्त्री कार्कीले कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको नि : शुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदान सम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै कार्कीले आमरण अनसन शुरु गर्नुपरेको बताएका थिए ।

सम्बन्धित समाचार

कोरोना परीक्षणको संख्या ३३ हजार नाघ्यो

सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२...

कोरोनाले विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारमार्फत् जागिर

सरकारले विदेश जान नपाएका नेपालीलाई स्वदेशमै रोजगारी दिन भएको छ ।कोरोना भाइरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पूर्वतयारीका बारेमा जानकारी दिन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार...

कांग्रेस प्रदेश सांसद पराजुलीको दण्ड प्रणाम यात्रा

विराटनगर । कोशी प्रदेशका सांसद भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो । बौद्धिक सनातनी धर्म चाहिने बताउँदै उनले भने,‘हिजोको...

कोरोनाबाट निको हुनेको संख्या ८ लाख नाघ्यो

काठमाडौं, १३ वैशाख-विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट निको हुनेको संख्या ८ लाख नाघेको छ । कोरोना संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी संयुक्तराज्य अमेरिकाका मानिस रहेका छन् । त्यहाँ ९ लाख २५ हजार...

अरनिको खेलकुद सप्ताह सकियो

विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज...

भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था चिन्ताजनक

एजेन्सी, २७-कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको दिल्लीस्थित एक सैन्य अस्पतालमा उपचार भइरहेको छ । समाचार...

मोरङमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण मोरङका विभिन्न अस्पतालमा थप १२ जनाको मृत्यु भएको छ । पछिल्लो १३ घण्टामा उक्त संख्यामा संक्रमितको ज्यान गएको हो । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शनिबार दिउँसो ३...

कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्