प्रहरीलाई देख्नसाथ लागूऔषध फ्याँकेर फरार दुई जना पक्राउ

 न्यूज विराट
प्रहरीलाई देख्नसाथ लागूऔषध फ्याँकेर फरार दुई जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रंगेलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छ । मोरङ सुनवर्षी नगरपालिका ८ हर्चनगढी टोलमा बस्ने २८ वर्षिय प्रदिप कुमार राजवंशी र सोही ठाउँका २२ वर्षीय अपसर आलम लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरु बिगत केही समयदेखि प्रतिबन्धित लागू औषधहरु ठुलो मात्रामा भारतबाट खरिद गरी लुकाई छिपाई नेपाल भित्र्याई बिभिन्न स्थानहरुमा बेचबिखन कारोबार गर्दै आएका प्रहरीले जनाएको छ।

भदौ १९ गते सुनवर्षी नगरपालिका ६ खिर्कीडाँगी स्थित डायनिया –अमरदह भित्री सडक खण्डमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट प्रहरीले लागूऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । ‘प्रदिप कुमार राजवंशी र अप्सर आलम मे ६ प १८२८ नं। को स्कुटरमा सवार भई दक्षिणबाट उत्तरतर्फ जादै गरेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई रोक्न खोज्दा आलमले चलाएको स्कुटरको गति एक्कासी बढाई तिव्र गतिमा भाग्ने क्रममा स्कुटरको पछाडि सवार प्रदिप कुमार राजवंशीले साथमा बोकेको रातो रंगको बजारे झोला स्कुटरबाटै बाटोको छेउ धानखेतमा फ्याँकी फरार भएका थिए ।
उक्त शंकास्पद झोला खोली चेकजाँच गर्दा झोला भित्र प्रतिबन्धित लागूऔषध बरामद भएको हो,’ मोरङ प्रहरीका डिएपी ज्ञानेन्द्र बस्नेतले भने ।

सम्बन्धित समाचार

कटहरीको तरकारी संकलन गरिने

विराटनगर, बैशाख ६–लक डाउनका कारण बारीमै तरकारी कुहिन थालेको सवत्र गुनासो पछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी संकलन गरिने भएको छ । प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन...

प्रदेश १ मा शनिबार १९ संक्रमित थपिए, २५ जना डिस्चार्ज

विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना...

टायर पड्कीँदा भारतीय नागरिको मृत्यु

विराटनगर, बैशाख १७–बिराटनगर–१३ मा गाडीको टायर पड्कीँदा भारत समस्तिपुरका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर–१३ स्थित एक घरको सटर भाडामा लिई गाडिको टायरको पम्चर बनाउने काम गर्दै आएका हैदरको चक्कामा हावा हाल्ने...

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट

सप्तरी, माघ १–सप्तरीको तिलाठी कोलाडी गाउँपालिकामा आज बिहान आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको...

ओशो आश्रमलाई ५ लाख सहयोग

विराटनगर, ४ असोज–विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न...

चीनले भन्याे, ‘कालापानी नेपाल र भारतबीचको मुद्दा हो’

काठमाडौं, ७ जेठ-चीनले नेपालको कालापानी भूभागको विषय नेपाल र भारतबीचको मुद्दा रहेको प्रष्ट्याएको छ । चिनियाँ विदेश मन्त्रालयको दैनिक पत्रकार सम्मेलनको क्रममा प्रवक्ता जाओ लिजानले मंगलबार उक्त धारणा राखेका हुन् । प्रवक्ता लिजानले भारत र...

३२ जनाले जिते कोरोना, कुल ३ सय ६५ जना संक्रमणमुक्त

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर घर फर्किने संख्या बढिरहेको छ । शनिबारसम्मको विवरणअनुसार ३ सय ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा उपचारपछि निको भएर थप...

तरकारी तथा फलफुल बेच्ने महिलाहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दियो छाता

विराटनगर, ८ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई छाता वितरण गरेको छ । एक कार्यक्रमकाबिच डाउनटाउनले सडक छेउमा तरकारी बिक्रि गरेर जिविकोपार्जन गर्दै आएका १५ जना महिलाहरुलाई रोटरी प्रतीक र क्लबको नाम छापिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्