३२ जनाले जिते कोरोना, कुल ३ सय ६५ जना संक्रमणमुक्त - News Birat

३२ जनाले जिते कोरोना, कुल ३ सय ६५ जना संक्रमणमुक्त

न्यूज विराट

काठमाडौं, २४ जेठ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई जितेर घर फर्किने संख्या बढिरहेको छ । शनिबारसम्मको विवरणअनुसार ३ सय ६५ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् ।

देशका विभिन्न अस्पतालमा उपचारपछि निको भएर थप ३२ जना घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ५ जना महिला र २७ जना पुरुषले कोरोनालाई जितेर घर फर्किएको बताए ।

पछिल्लो विवरण अनुसार जनकपुर प्रदेशिक अस्पतालबाट धनुषा, सर्लाही, झापा र महोत्तरी जिल्लाका गरी १५ जना डिस्चार्ज भएका छन् । उनीहरू १८ देखि ४५ वर्ष उमेरका १ जना महिला र १४ जना पुरुष रहेक छन् ।

त्यस्तै, सुशील कोइराला क्यान्सर प्रखर अस्पताल बाँकेबाट बाँके र गुल्मीका ४ जना डिस्चार्ज भएका छन्। उनीहरू २३ देखि ३५ वर्ष उमेरका २ महिला र २ पुरुष डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

सेती अस्पतालबाट बैतडी र अछामका ६ जना डिस्चार्ज भएका छन् । उनीहरू ११ देखि ३८ वर्ष उमेरका १ जना महिला र ५ जना पुरुष रहेक छन् । त्यसैगरी सुर्खेतबाट डिस्चार्ज हुनेको संख्या ७ छ । सुर्खेतका १६ देखि ३६ वर्ष उमेरका ६ जना पुरुष र मुगुकी १ जना ३५ वर्षीया महिला रहेकी छन् ।

प्रदेशिक विवरणअनुसार प्रदेश १ बाट ७९, प्रदेश २ बाट १ सय ३३, बाग्मती प्रदेशबाट ३२, गण्डकी प्रदेशबाट ३ प्रदेश ५ बाट ९६, कर्णाली प्रदेशबाट ९ र सुदूरपश्चिम प्रदेशबाट १३ जना डिस्चार्ज भएका छन् । देशभरबाट कुल ३ सय ६५ जना डिस्चार्ज भएका छन् । जसमध्ये २ सय ९९ जना पुरुष रहेक छन् भने ६६ महिला रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles