विराटनगरको एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडि प्रतियोगिता सुरु

 न्यूज विराट
विराटनगरको एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडि प्रतियोगिता सुरु

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट स्कुलमा अन्तर एभरेष्ट पौडि प्रतियोगिता सुरु भएको छ ।

आज प्रतियोगिताको उद्घाटन विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले रिबन काटेर गरे ।

एभरेष्ट कलेज परिसरमा रहेको स्वीमिङ पुलमा शुरु भएको प्रतियोगिता शनिवार सम्पन्न हुने छ । आज पहिलो दिन कक्षा २ देखि ५ सम्मका खेलाडीले सहभागिता जनाएका छन् । बुधबार सम्पन्न छनौट चरणमा उक्त समूहका २०० जना बाट ६० जना प्रतियोगितामा छनौट भएका थिए । तिनै खेलाडीहरु बिचमा आज विभिन्न विधाका प्रतिष्पर्धा हरु सम्पन्न भएका हुन् ।

जस मध्ये कक्षा २ र ३ बाट फ्रि स्टाइल २५ मिटर पौडीमा छात्र तर्फ प्रियन्जन राय प्रथम, रायन भट्टराई दित्तिय र प्रणव चौधरी तृतीय भए । सोहि स्पर्धामा छात्रा तर्फ आस्मा चौधरी प्रथम, हुरिया खतिमा दित्तिय र पल्पसा चौधरी तृतीय भए ।

कक्षा ४ र ५ को प्रतियोगितामा फ्रि स्टाइल २५ मिटरमा स्वराज सिंह नेपाल प्रथम, रेहान यादव दित्तिय र अनुभव दाहाल तृतीय भए। सोहि कक्षाको ब्रेथ स्ट्रोकको ५० मिटरको स्पर्धामा आरध्य पाण्डे प्रथम, प्राञ्जल तिम्सिना दित्तिय र पुरक तिम्सिना तृतीय भए भने फ्रि स्टाइल ५० मिटरमा पनि आरध्य पाण्डे प्रथम हुँदा पुरक तिम्सिना दित्तिय र प्राञ्जल तिम्सिना तृतीय भए।

यस्तै सोहि कक्षाको ब्याक स्ट्रोक २५ मिटरको स्पर्धामा आरध्य पाण्डे प्रथम, प्राञ्जल तिम्सिना दित्तिय र पुरक तिम्सिना तृतीय भए। फ्रि स्टाइलकै १०० मिटरको स्पर्धामा पनि आरध्य पाण्डे प्रथम हुँदा पुरक तिम्सिना दित्तिय र प्राञ्जल तिम्सिना तृतीय भए । सोहि कक्षाको छात्रा तर्फ भएको फ्रि स्टाइल स्पर्धामा भावना कुमारी साह प्रथम र अनन्या पोद्दार दित्तिय हुनुभएको विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले जानकारी दिइन्।

यस्तै प्रतियोगिता अन्तर्गत शनिवार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुको प्रतियोगिता हुने डंगोलले जानकारी दिइन्। उनका अनुसार शनिवार फ्रि स्टाइल तर्फ ५०,१००,२००,४०० र १५०० मिटरका स्पर्धा हुनेछन् ।

ब्रेष्ट स्ट्रोक तर्फ १०० र २०० मिटर, ब्याक स्ट्रोक तर्फ ५० र १००, बटर फ्लाई ५० र १००, रिले तर्फ ४०० मिटर र आईएम तर्फ १०० मिटर लगायतका स्पर्धाहरु हुने डंगोलले बताउनुभयो । शनिवार छनौट चरण पार गरेका करिब २०० विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् ।

सम्बन्धित समाचार

मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका – २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको...

काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ । तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो ।...

कटहरीको दोश्रो गाउँसभा बैठक सकियो, साढे ८० लाखको ३० वटा नयाँ योजना थपियो

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले साढे ८० लाख बढी लागतको ३० वटा भन्दा बढी योजना थप गरेको छ ।शनिबार बसेको कटहरी गाउँपालिकाको दोश्रो गाउँसभाको चौथौ अधिविशेनले ३० वटा योजना हटाउँदै नयाँ ३० वटा योजना थप...

विराटनगरमा एसईइ फुटबल प्रतियोगिता हुँदै, मोरङ र सुनसरीका ४५ विद्यालयको सहभागी हुने

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको एसईइ अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि उक्त प्रतियोगिता सुरु हुने भएको...

टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै...

मोरङ व्यापार संघ ट्रेड एक्स्पो शुक्रबारबाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ –को आज शुक्रबारबाट सुरु हुने भएको छ । विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पो मोरङ व्यापार...

भव्य भयो मोर्डन एराको अभिभावक दिवस

विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच...

कोशी प्रदेश सरकारले बुधबार ल्याउँदै नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्