विराटनगरको दिलावर फार्मेशी बदमासी रोकिएन, औषधीको अनुचित भण्डारन गरेपछि डिडिएले गर्यो शिलबन्दी

 न्यूज विराट
विराटनगरको दिलावर फार्मेशी बदमासी रोकिएन, औषधीको अनुचित भण्डारन गरेपछि डिडिएले गर्यो शिलबन्दी

विराटनगर । विराटनगरको न्यूरो हस्पिटल चोकमा रहेको दिलावर फार्मेशीले विरामीलाई खुल्लेआम ठगी गर्दै आएको घटना सेलाउन नपाउँदै औषधीको अनुचित प्रयोगको लागि ‘ट्रामाडोल’ इन्जेक्सन भण्डारन गरेको पाइएपछि शिलबन्दी गरिएको छ ।

औषधी व्यवस्था विभाग (डिडिए) विराटनगरले आइतबार दिउँसो दिलावर खानले संचालन गरेको फार्मेशी सिलबन्दी गरेको हो ।
डिडिए विराटनगरका फार्मेशी अधिकृत अनिल परियारको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा जटिल किसिमको कैफियत भेटेपछि शिलबन्दी गरिएको बताएका छन् । क्यान्सरका विरामीले दुखाइ कम गर्न प्रयोग गरिने ट्रामाडोल दिलावर फार्मेशीले खुल्लेआम विक्री वितरणको लागि राखिएको पाइएपछि शिलबन्दी गरिएको हो ।

डाइसाइक्लोमाइन, ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषध बनाएर विक्री वितरण हुने गरेको छ । तेही रोक्नको लागि डिडिएले ट्रामाडोल हस्पिटल भित्रको फार्मेशीले त्यो पनि प्रत्येक विरामीको रेकट राखेर मात्रै विक्री वितरण गरिनुपर्ने नियम लागू गरेको छ । कमाउ धन्दामा लागेका औषधी व्यवसायीहरुले ट्रामाडोलको चरम दुरुपयोग गर्दै लागूऔषध प्रयोगकर्ताहरुलाई पनि बितरण गरेको पाइएपछि हस्पिटल भित्रका फार्मेशी बाहेक बाहिरकोको औषधी पसलले विक्री वितरण गर्न नपाइने नियम लागू भएको हो । तर, डिडिएको नियमलाई खुल्ला रुपमा चुनौति दिदै दिलावर फार्मेशीले कुनै पनि रेकट बेगार ‘ड्रामाडोल’ इन्जेक्सन खुल्ला रुपमा विक्री वितरण गरेको पाइएपछि शिलबन्दी गरिएको हो । ‘अनुगमन गरेपछि ‘ड्रामाडोल’ इन्जेक्सन भेटिएपछि शिलबन्दी गरिएको हो । थप अनुसन्धानपछि औषधी ऐन अनुसार अब कारवाहीको प्रक्रिया अब अगाडी बढनेछ,’ उनले भने ।

दिलावरी फार्मेशीले केही महिना अगाडी मात्रै लादै नलगेको औषधी ‘प्रेस्किृप्सन’ मा देखाएर भारत ग्राम हरिपुर ६ का वर्ष ८० का शेख नइम विरामीलाई ठगी गरेका थिए । दिलाबर फार्मेशीले एक भाइलको १ हजार ६५० रुपैयाँ पर्ने ‘सिस्ट्रा’ इन्जेक्सन चिकित्सकले प्रेस्किृप्सनमा नलेखिदिएपनि बिलमा चढाएर पैसा लिने गरेको प्रमाण भेटिएको थियो । उक्त फार्मेशीले २८ फागुन २०८० मा चिकित्सकले लेखेको प्रेस्किृप्सनमा उल्लेख नभएको २० भाइल सिस्ट्रा इन्जेक्सन नगदी बिलमा इन्ट्रि गरेर ३३ हजार २४ रुपैयाँ ठगी गरेको पाइएको थियो । ठगी गरेको रकम पछि विरामीलाई फिर्ता गरेपछि आउँदा दिनमा गल्ती नगर्ने भन्दै फार्मेशीले प्रतिवद्धता जाहेर गरेपछि कारवाहीबाट जोगिएको थियो । अहिले फेरी औषधीको अनुचित प्रयोगको लागि ‘ड्रामाडोल’ इन्जेक्सन राखिएको पाइएको छ ।

सम्बन्धित समाचार

बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरूको स्वागत

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, कलेज अफ ल को बीए एलएलबी पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई द्वीतिय वर्षका विद्यार्थीहरूले स्वागत गरेका छन् । शनिवार क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको हो । पहिलो...

मन्त्री कार्कीद्वारा बर्जुको प्रशासनिक भवनको उद्घाटन

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सुनसरीको बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुभएको छ । सोमबार एक कार्यक्रमका बिच मन्त्री कार्कीले रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो । उद्घाटन...

‘ भ्यालेन्टाइन डे’ को लागि ह्यासट्याग सजाइयो, सांगीतिक कार्यक्रम हुने

विराटनगर । विराटनगरको एयरपोर्ट मोडमा रहेको ह्यासट्याग फुड एन्ड वारमा प्रेम दिवसमा विशेष कार्यक्रम हुने भएको छ ।विगत ४ वर्षदेखि प्रेम दिवसमा ह्यासट्यागले विशेष सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि रिन्तरा दिएको...

कोशी अस्पतालका नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग

विराटनगर, । विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत स्टाफ नर्स र प्रसुती वार्डका विरामीलाई सहयोग गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले सो अस्पतालमा कार्यरत स्टाप नर्सलाई ३२ थान महिनावारीको समयमा लगाउने कप र सुत्केरी...

प्रदेश सरकार र कर्मचारीबीच विवाद बढ्यो

जनकपुर, फागुन २१–प्रदेश २ सरकारले उपभोक्ता समितिमार्फत गराएको कामलाई लिएर प्रदेश सरकार र कर्मचारीबीच विवाद उत्पन्न भएको छ । प्रदेश सरकार कुनै हालतमा उपभोक्ता समितिको भुक्तानी दिलाउने पक्षमा रहेको देखिएको छ भने कर्मचारीहरूले प्रक्रिया नमिल्ने...

बुढिगंगा गाउँपलिकालाई राहत सामग्री हस्तान्तरण

विराटनगर, चैत २१–नेपाल कम्य्निष्ट पार्टी(नेकपा) बुढिगंगा गाउँ कमिटीले गाउँपलिकालाई राहत सामाग्री हस्तान्तरण गरेको छ । नेपाल सरकारले जारी गरेको लक डाउनका कारण दैनिक ज्यालादारी काम गर्दै आएका परिवारलाई हात मुख जोर्न समस्या पर्दै गएपछी स्थानीय...

रुसले दियो कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती

एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि...

नेकपाले आयोजना गरेको रक्तादानमा ६७ पिन्ट रगत संकलन

विराटनगर, बैशाख २४–नेकपा विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्