जनता आदर्श बहुमुखी क्याम्पसमा साइवर अपराध सम्बन्धी तालिम

 न्यूज विराट
जनता आदर्श बहुमुखी क्याम्पसमा साइवर अपराध सम्बन्धी तालिम

विराटनगर । जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई साइवर अपराध सम्बन्धी दुई दिने तालिम दिएको छ । प्रविधिमा आएको विकासका कारण पछिल्लो समयमा बढ्दै गएको साइवर अपराधबाट विद्यार्थी र समाजलाई जोगाउने र यसको प्रभावलाई कमगर्ने उद्देश्यले क्याम्पसले तालिमको आयोजना गरेको हो ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी निरीक्षक गुरू प्रसाद तिम्सिनाले साइवर अपराधको प्रभाव, यसको जोखिम, अनुसन्धान प्रकृया, कानूनी उपचार, बच्ने उपाय लगायत साइवर अपराधका बहुआयामिक पक्षका विषयमा प्रशिक्षण दिनुभयो । प्रशिक्षक तिम्सिनाले साइवर सुरक्षा सम्बन्धी भारतमा तालिम लिनु भएको छ । महिला र वालवालिका विरूद्ध हुने साइवर अपराध तथा अपराध अनुसन्धानमा लामो अनुभव भएको विज्ञ प्रशिक्षक हुनुहुन्छ, तिम्सिना ।

सामाजिक कार्यका व्यवहारिक विषय भएकाले क्याम्पसले विभिन्न विषयका विज्ञ प्रशिक्षकलाई अतिथी प्राध्यापकका रुपमा ल्याएर विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आएको छ । प्रशिक्षण कार्यक्रममा एम. एस. डब्ल्यु. तेसो सेमेष्टर, बी. एस. डब्ल्यु दोस्रो, तेस्रो, पाँचौं र छैठौं सेमेष्टरका विद्यार्थीहरूको सहभागिता थियो । पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य अन्तर्गत बी. एस. डब्ल्यु र एम. एस. डब्ल्यु अध्यापन गर्दै आएको छ ।

सम्बन्धित समाचार

कर्सियाको सिटिजन्स बैंक लुटपाट प्रकरणः पक्राउ परेका तीन लुटेरालाई प्रहरीले विराटनरमा सार्बजनिक गर्यो

विराटनगर, २७ असोज । मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन्स बैंक शाखा लुटपाटमा संलग्न तीन जनालाई प्रहरीले सार्बजनिक गरेको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्बजनिक गरेको हो  बैंक...

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

कोशी पर्यटन वर्ष २०८२ : मस्कट, नारा र लोगो सार्वजनिक

विराटनगर । कोशी पर्यटन वर्ष २०८२ को लागि मुख्य नारा, लोगो र मस्कट सार्वजनिक भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी नारा, लोगो र मस्कट सार्वजानिक गरेको हो ।...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

बढी मूल्यमा नुन बेच्दा २ लाख जरिमाना

काठमाडौं, १२ वैशाख-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई २ लाख रुपैयाँ जरिमाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा...

भारतमा अघिल्लाे दिनकाे तुलनामा संक्रमित घटे, ४३९ जनाकाे मृत्यु

एजेन्सी, १० माघ । भारतमा ३ लाख ६ हजार भन्दा धेरै काेराेना संक्रमित थपिएका छन् । २४ घण्टाकाे अवधिमा ३ लाख ६ हजार ६४ जना काेराेना संक्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले साेमबार जानकारी दिएकाे छ ।...

एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले दिए राजिनामा

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले टिकट वितरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् । पार्टीको जिल्ला समिति अध्यक्ष समक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट...

एसईई २०७७ को नतिजा प्रकाशित

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्