न्यूरो हस्पिटलले मनायो २४ औं वार्षिकोत्सव : हप्तादिन ओपीडि निःशुल्क, २४ वटा बिशेष जाँचमा छुट
शनिबार, ०८ भदौ, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालीटी अस्पतालले २४ औं बर्ष पुरा भएको अवसर विभिन्न कार्यक्रम आयोजना गरेको छ । अस्पतालले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी २३ औं वार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्सवको अवसरमा अस्पतालले अस्पतालमा भर्ना भएका बिरामीहरु तथा बिरामीका कुरुवाहरुलाई फलफुल तथा खाजा बितरण गरेको छ । त्यसैगरिएक कार्यक्रमको आयोजना गरि आफना २४ जनाकर्मचारी लाई बिशेष कदर पत्रप्रदान गरेको छ । सम्मानित कर्मचारीहरुलाई अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट, कार्यकारी निर्देशक डा. अनिशा बिष्ट, मेडिकल डाइरेक्टर तथा बरिष्ठ फिजिसियन डा. बिबेक कट्टेलले प्रमाणपत्र बितरण गरेका थिए । सोहि कार्यक्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले अस्पतालले बिरामीहरुको स्वास्थ्य र कल्याणलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दे आएको बताइन् ।
आफनो बार्षिकोत्सवको अवसर पारेर अस्पतालले टाउको दुखाइको बिरामीहरुको लागी भदौ ९ गते देखि १४ गते सम्म बरिष्ठ बिशेषज्ञ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट तथा बिशेषज्ञ न्युरोलोजिष्ट डा. सुनन्द पौडेलको ओपिडी सेवा निःशुल्क गरेको छ । त्यसैगरि सोही अवधी भरी २४ वटा बिशेष जाँचमा २४ प्रतिशतसम्म छुटको व्यवस्था गरेको अपतालले जनाएको छ । बार्षिकोत्सवकै अवसर पारेर अस्पतालले एक हप्ता सम्म घरदैलो कार्यक्रम गर्ने बताएको छ । अस्पताल रहेको वडा नं १० मा रहेको घर घर गई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा छुट सहितको कार्ड बितरण गर्ने जनाएको छ ।
विराटनगर । विराटनगर ११ महेन्द्रचोकमा रहेको सिद्धार्थ बुहउद्देश्यीय सहकारीले मनोमानी ढंगले रकम चलाउने र गैर कार्य क्षेत्रमा लगानि गरेको पाइएको छ ।सिद्धार्थले सहकारी ऐन अनुसार काम कारवाही नगरेको कारण बचतकर्ताको करडौं निक्षेप जोखिममा परेको हो...
विराटनगर, ५ जेठ । नयाँ भेरियन्टको कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि मोरङको सुनवर्षी नगरपालिकाले सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि नगरपालिकाले वडा नं. २ स्थित अमरदह स्वास्थ्य चौकीमा अक्सिजनसहितको...
विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् ।मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी...
आगामी चुनावका लागि सिटको बाँडफाँट गर्न गठित सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा तालमेल गरेर अगाडि बढ्ने सहमति पाँचदलीय सत्ता गठबन्धनले गरिसकेको छ...
विराटनगर, १ पुस । नेकपा (एमाले) मोरङको नवौं जिल्ला अधिवेशन आगामी पुष २३ र २४ गते विराटनगरमा हुने भएको छ । बिहिबार बसेको नेकपा (एमाले) मोरङको बैठकले केन्द्रीय सर्कुलर अनुसारनै आगमी पुष २३ र २४...
विराटनगर, २ मंसिर । मोरङको बुढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा रिजन दाहालको हत्या गरेको आरोपमा चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–७ का २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका–६ का...
काठमाडौं, ९ असोज-स्विट्जरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन् । महामारीका कारण आप्रवासीले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश...
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ । संवैधानिक परिषदको बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासतर्फ लागेका छन् । बैठकका बारेमा औपचारिक जानकारी भने गराइएको छैन । प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको...