बुढीगंगामा युवाहरुबीच ‘ग्याङ फाइट’ प्रकरणः दाहालको हत्या आरोपमा चार जना पक्राउ - News Birat

बुढीगंगामा युवाहरुबीच ‘ग्याङ फाइट’ प्रकरणः दाहालको हत्या आरोपमा चार जना पक्राउ

न्यूज विराट

विराटनगर, २ मंसिर । मोरङको बुढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा रिजन दाहालको हत्या गरेको आरोपमा चार युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–७ का २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका–६ का २४ वर्षीय इश्वर लिम्बु, सोही ठाउँका १८ वर्षीय सुदिप उराव, बस्ने वर्ष २० को सुदिप उराउ र २० वर्षीय सुदिप उराव रहेका छन् ।

गत कात्तिक २८ गते राति ९ बजे धनकुटाको पाख्रीवास नगरपालिका–४ घर भइ बुढीगंगा गाउँपालिका–६ बस्ने २६ वर्षीय रिजन दाहालको धारिलो हतियार हत्या भएको थियो । हत्यापछि फरार रहेका युवकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles