राशिफल

गठबन्धन कार्यदलकाे पहिलाे बैठक आज

 न्यूज विराट
गठबन्धन कार्यदलकाे पहिलाे बैठक आज

आगामी चुनावका लागि सिटको बाँडफाँट गर्न गठित सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा तालमेल गरेर अगाडि बढ्ने सहमति पाँचदलीय सत्ता गठबन्धनले गरिसकेको छ । तर, सिटको बाँडफाँटको विषय भने चुनौतीपूर्ण छ ।

सिट बाँडफाँट के कसरी गर्ने भनेर मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । सरकारले चुनावको मिति घोषणा गरेको भोलिपल्ट २० साउनमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल तथा जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदलमा छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

यो कार्यदललाई कुन पार्टीले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न कार्यादेश दिइएको छ । भदौ पहिलो साताभित्र सिटको बाँडफाँट टुंगो लगाइसक्ने तयारी गठबन्धनको छ । कार्यदलले बुझाएको सिफारिसलाई शीर्ष नेताहरूको बैठकले अन्तिम टुंगो लगाउने बताइएकाे छ ।

सम्बन्धित समाचार

एभरेष्टमा चाँडपर्वको अवसरमा बिविध कार्यक्रम

विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा आज मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने  झल्को दिने गरि...

मापसेसँगै मोरङ ट्राफिक प्रहरीको लापसे अभियान पनि सुरु

विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...

विराटनगरमा पर्यटन सूचना केन्द्रको स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को सचिवालयमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको छ ।पर्यटन दिवसको अवसरमा मंगबलार विराटनगरस्थित नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सुचना केन्द्र स्थापना गरिएको...

औषधी व्यवसायी देशबन्धु ढकालले जन्मदिन वृद्धाश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले फजुल खर्च...