ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या, ५० मिटर उत्तरमा टाउको भेटियो

 न्यूज विराट
ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या, ५० मिटर उत्तरमा टाउको भेटियो

विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।
आज विहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो । उनको घाटीदेखि मुनिका भाग एक ठाउँमा र टाउँको अर्को ठाउँमा भेटिएको छ । प्रहरीले सुरुमा घाटीदेखिको मुनिको भाग मात्र भेटेको थियो । अनुसन्धान गर्दै गएपछि घाटीदेखि मुनिको भाग भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।
ऋषिदेव रिङ बनाउने काम गर्दछन् । उनले रिङ बनाउने ठाउँमा शव भेटिएको हो ।
घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । ‘अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको छ । तालिम प्राप्त कुकुरलाई पनि ल्याएको छ,’ एसएसपी दाहालले भने ।

सम्बन्धित समाचार

सर्लाहीका पूर्वपश्चिम राजमार्ग प्रहरी अधिकृत विहीन

सर्लाही, माघ २१–पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको तीन इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक नहुँदा मुचुल्का हस्ताक्षरमा समस्या परेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी,हरिवन र जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरमा प्रहरी निरीक्षक नहुँदा सर्वसाधारणलाई समस्या परेको...

सेनाको हेलिकाेप्टर लिएर सशस्त्र प्रहरी कालापानी जाँदै

काठमाडौं, २९ वैशाख-दार्चुलाको कालापानी सीमाक्षेत्रमा सशस्त्र प्रहरीको टोली जाने भएको छ । दार्चुलाको व्यास गाउँपालिका– १, छाङ्गरुमा सशस्त्रको आउट बोर्डर पोस्ट (बीओपी) राख्ने गरेर सशस्त्र प्रहरीको टोली बुधबारसम्ममा कालापानी सीमा सुरक्षाका लागि जान लागेको हो...

नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक

वीरगन्ज,३० चैत -पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा छन् ।...

तस्करीको एक सय बोरा चामलसहित पिकअप भेन प्रहरी नियन्त्रणमा

विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो । प्र....

अब वीरेन्द्रनगरमै ठूलो क्षमताको अक्सिजन प्लान्ट, उत्पादन सुरु

वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब डेढ करोड रुपैयाँकाे लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ । दोस्रो चरणको कोरोना...

रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना संक्रमणको पुष्टि

मस्को, बैशाख १८–रुसी प्रधानमन्त्री मिखाइल मिसहुस्तिनलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । प्रधानमन्त्री मिसहुस्तिन स्वयंले कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेका हुन् । प्रधानमन्त्री मिसहुस्तिनले बिहीबार राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कन्फरेन्समार्फत आफूलाई कोभिड–१९...

कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन...

कक्षा १२ काे परीक्षा दसैँअघि नै हुने

काठमाडाैं, १६ भदौ-कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्