
एजेन्सी, २३ माघ । भारतकी चर्चित गायिका लता मंगेशकरको निधन भएको छ ।
कोरोना संक्रमण भएपछि अस्पतालमा उपचाररत रहेकी लताको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उनको ९२ वर्षको उमेरमा निधन भएको हो । सन् २००१ मा उनलाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो ।
उनले ३६ भाषामा हजाराैँ गीतमा आफ्नो कर्णप्रिय आवाज भरेकी थिइन् । उनले थुप्रै नेपाली गीत पनि गाएकी थिइन् ।